एमसीसी टोलीको आगमन हुँदा विमानस्थलको सुरक्षा अत्यन्तै कडा (फोटोफिचर)
बिहीबार, २४ भदौ २०७८, ०९ : ५५
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातेमा जे सुमार टोलीको आगमनलाई मध्यनजर गरी विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
सुमार नेतृत्वको टोलीको आगमनलाई लक्षित गरी त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको हो ।
कतार एयरलाइन्सको विमानबाट सुमारको टोली त्रिभुवन विमानस्थलमा अवतरण भएको छ । विमानस्थल सुरक्षा चेकजाँच पनि निकै कडा बनाइएको छ । विमानस्थलमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।