सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शुक्रबारबाट हास्य सिरियल ‘बबाल’

बिहीबार, २४ भदौ २०७८, १३ : १५
बिहीबार, २४ भदौ २०७८

पछिल्लो समय दर्शकलाई भरपूर मनोरञ्जन दिने उदेश्यले थुप्रै हास्य सिरियल निर्माण भएका छन् । कतिपयले उदेश्य पुरा गरेका छन् भने कतिपय त्यसै हराएर पनि गएका छन् । यहि भिडमा नयाँ सिरियल ‘बबाल’ थपिएको छ ।  हास्य कलाकार अजय रेग्मी तथा सुदीप खतिवडा (एस जोडी) को  लेखन तथा निर्देशन रहेको सिरियल शुक्रबारबाट प्रसारणमा आउने भएको छ । सिरियल अहिले एस जोडी क्रियसनको युट्युवमार्फत आउन लागेको हो ।

मेरी बास्सै, जिरे खुर्सानी, भद्रगोल, खासखुस, सक्किगोनीलगायत सिरियलमा अभिनय गरिसकेका यो एस जोडीले यस अगाडि ‘खुल्दुली’ कार्यक्रम ल्याएका थिए । नेपाली समाजमा अहिले उठेका विभिन्न सवालको जवाफ ‘बबाल’ सिरियलमार्फत रमाइलो तवरले खोज्ने प्रयाग गरेको निर्देशक एस जोडीले बताए ।

सिरियलमा विमला गिरी, घनु जोशी, अशोक शिवाकोटी, अच्युतराज गौतम, अजय रेग्मी, सुदिप खतिवडा, सुरेश न्यौपाने, सुस्मिता गिरी, लीला केसी, भोला शाह, किसन थापा, अशोक लामा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । प्रवेश पोख्रेलको छायाङ्कन रहेको सिरियलमा रविन्द्र खड्काको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप