कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस परिसरमा ब्लड बैंक स्थापना
बिहीबार, २४ भदौ २०७८, १८ : २७
काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस परिसरमा ब्लड बैंक स्थापना भएको छ।
लाइन्स क्ल्व अफ इन्टरनेशनल ३२५ ले आयुर्वेद क्याम्पस परिसरभित्र अत्याधुनिक ब्लड बैंक स्थापना गरेको हो। सो ब्लड बैंकको लागि त्रिभुवन विश्वविद्यालयले ३ रोपनी जग्गा उपलब्ध गराएको थियो ।
१६ महिना भित्रमा पूर्ण संचालनमा आउने ब्लड बैंकका लागि अन्य उपकरण खरिद गर्नका लागि झण्डै ८ करोड लाग्ने ब्लड बैंकका संस्थापक अध्यक्ष रुद्रहरी ज्ञवालीले जानकारी दिए।
अल्का अस्पतालकी कार्यकारी निर्देशक विद्या थापा श्रेष्ठ ले उक्त ब्लड बैंकलाई १० लाख ५ हजार रुपैयाँ सहयोग गरेकी छिन् । सहयोगसँगै श्रेष्ठ उक्त ब्लड बैंकको आजीवन संरक्षक भएकी छिन।