एनआरएनए युवा संयोजकमा गोर्खालीको उम्मेदवारी
बिहीबार, ३१ भदौ २०७८, ११ : ३९
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा संयोजक पदको लागि यूएईका मनोज कुमार श्रेष्ठ गोर्खालीले उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनएको मध्यपूर्व उपसंयोजकको भुमिकामा रहेका ‘गोर्खाली’ ले आगामी (२०२१-२३) कार्यकालका लागि युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन्।
सुरक्षित वैदेशिक रोजगार र युवा उद्यमशीलता एनआरएनएमार्फत पूरा गर्ने मेरो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ आफुले युवा संयोजकमा उम्मेदवारी दिन लागेको गोर्खालीले बताए । गोर्खाली हाल मध्यपूर्व उपसंयोजक, एनआरएनए स्पोर्टस एकेडेमी ब्यवस्थापन निर्देशक, समाजसेवी र सफल ब्यवासायी समेत हुन्। उनले एनआरएनएमा विगतको लामो समयदेखि काम गर्दै आएका छन्।