आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओलीका दुई नीति : सरकारमा हुँदा कार्यान्वयन, प्रतिपक्षमा हुँदा दवाव

सोमबार, ०४ असोज २०७८, २१ : ३०
सोमबार, ०४ असोज २०७८

नेकपा एमालेले समृद्धिको यात्रालाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ । सो पार्टीका अध्यक्ष केपी शर्मा अ‍ोलीले तयार पारेको राजनीतिक प्रतिवेदनमा सरकारमा हुँदा जनसरोकारका विषयलाई कार्यान्वयन गर्ने र प्रतिपक्षमा हुँदा कार्यान्वयनका लागि दवाव दिने उल्लेख गरिएको छ । 

जनअनुसार जीवनचक्रमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ बनाउँदै सक्रिय उमेर समूह बाहिरका नागरिकलाई सर्वकालिक सामाजिक सुरक्षाका योजनाबाट संरक्षण गर्ने नीति एमालेले लिएको छ । 

भूमि आयोगमार्फत भूमिहीन, सुकुम्बासीलगायतको आवासको प्रत्याभूति गर्ने, रोजगारीको सिर्जना गर्ने, स्वास्थ्य विमा कार्यक्रमलाई विस्तार गर्ने, गुणस्तरीय शिक्षामा जोड दिने लगायत ९ बुँदा प्रतिवेदनमा समेटिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप