मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

माधव नेपालदेखि रवीन्द्र मिश्रसम्मले यसरी  गराए उम्मेदवारी दर्ता (हेर्नुहोस् २३ तस्विर)

बिहीबार, १६ कात्तिक २०७४, १४ : ४३
बिहीबार, १६ कात्तिक २०७४

काठमाडौं– आगामी  मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको  लागि विभिन्न दलका उम्मेदवारले  आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय सभागृहमा पुगेर एमाले नेता माधव नेपाल, साझा पार्टीका रवीन्द्र मिश्र, माओवादी केन्द्रका अनिल शर्मालगायतले उम्मेदवारी दर्ता गराइसकेका छन् ।  

अरु उम्मेदवारपनि मनोनयन दर्ता गराउनको लागि आउने क्रम जारी छ । उम्मेदवारी दर्ताका लागि  उम्मेदवारहरु तामझामका साथ मनोनयन दर्ता स्थलतर्फ पुगेका छन् ।

दोस्रो चरणमा मंसिर २१ गते पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता कार्य आज विहान १० बजेदेखि शुरु भएको छ । 

उम्मेदवारले बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गर्न सक्नेछन् । 

उम्मेदवार बिहानैदेखि नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवार मनोनयन दर्ता कसरी गर्ने, केकस्ता कागजात समावेश गर्नुपर्छ भनेर सोधखोज गरिरहनुभएकोे पाइएको छ । कतिपय उम्मेदवार जुलुससहित उम्मेदवार मनोनयनपत्र दर्ता गराउन जानेक्रममा रहेको बुझिएको छ । 

राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ताका झलकहरु हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप