सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा काँग्रेस पदाधिकारी बैठक

शुक्रबार, ०८ असोज २०७८, ११ : ३८
शुक्रबार, ०८ असोज २०७८

नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सिंहदरबारमा चलिरहेको छ । शुक्रबार विहान साढे १० बजेबाट सिंहदरबारस्थित काँग्रेस संसदीय दल कार्यालयमा बैठक बसिरहेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए ।उनका अनुसार पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल चलिरहेको छ ।

बिहीबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले असोज १८ गतेभित्र २१ जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । निर्वाचन समितिका सदस्य एगराज पोखरेलका अनुसार वडा अधिवेशन सकिएका ६४ जिल्लामा ९ असोजमै पालिका तहको अधिवेशन सुरु हुनेछ । 

दसैँपछि हिमाली जिल्लामा चिसो बढ्ने भएकाले असोज १८ भित्रै २१ जिल्लामा अधिवेशन सम्पन्न गरिने भएको छ । ५६ जिल्लामा प्रदेश, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन दसैँ र तिहारको बीचमा गर्ने काँग्रेसको तयारी छ । १२ असोजमा प्रदेशसभा क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन र १८ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका छ । ५६ जिल्लामा उक्त तालिकाअनुसार अधिवेशन नहुने भएको छ ।

यस्तै प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ । अब प्रदेश अधिवेशन र महाधिवेशनको कार्यतालिका पनि परिर्वतन हुने भएको छ । बिहीबारको बैठकमा महाधिवेशन सन्दर्भमा महामन्त्री पूर्णबहादुर खड्काले प्रस्ताव राखेका थिए । अहिले उक्त विषयमाथि छलफल भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप