स्वास्थ्य मन्त्रालयले थाल्यो १२ औँ तहमा बढुवा प्रक्रिया
आइतबार, १० असोज २०७८, ११ : ५६
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवातर्फ अधिकृत १२ औं तहमा बढुवाका लागि सूचना जारी गरेको छ । आइतबार सूचना जारी गर्दै रिक्त रहेका तीन जना बाह्रौ तह अधिकृतमा बढुवाका मन्त्रालयले ११ औँ तहका अधिकृतहरुको विवरण मागेको हो ।
२०७८ असार मसान्तसम्म न्यूनतम पाँच वर्ष सेवा अवधि पूरा भएका एघारौं तहका अधिकृत कर्मचारीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेवसाइटमा रहेको बढुवासम्बन्धी व्यक्तिगत विवरण १५ दिनभित्र पेश गर्न सूचनामार्फत आह्वान गरिएको छ ।