कागेश्वरी मनोहराबाट जुवा खेलेको आरोपमा ९ जना पक्राउ
आइतबार, १० असोज २०७८, १२ : ४७
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ ठुलाढिकबाट प्रहरीले जुवा खेलिरहेका ९ जनालाई पक्राउ गरेको छ । खोटाङ खोटिह्याङ गाउँपालिका–८ घर भएका बीरेन तामाङको डेरामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले जुवा खालबाट १ लाख ७ हजार नगद बरामद गरेको छ । पक्राउ पर्नेमा बीरेन तामाङ लगायत छन् ।