सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमाले विधान महाधिवेशन प्रतिनिधि ५ हजार पुग्ने

आइतबार, १० असोज २०७८, १७ : ५६
आइतबार, १० असोज २०७८

आगामी असोज १५ देखि सुरु हुने एमालेको विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको संख्या ५ हजार पुग्ने भएको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महाधिवेशन प्रतिनिधि चयन गर्ने मापदण्डका आधारमा प्रतिनिधि चयन हुँदा ५ हजार पुग्ने अनुमान गरेको जानकारी दिए । आइतबार सकिएको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै भट्टराईले सो कुराको जानकारी गराएका हुन् ।

त्यस्तै बैठकले विधान महाधिवेशनमा पास हुने तीन प्रतिवेदन पारित गरेको छ । राजनीतिक अध्यक्षले, महासचिवले संगठनसम्बन्धी प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव आवश्यक सुझावसहित पास गरेको छ ।

‘एमालेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या करिब ५ हजार हुने भएका छन्’, भट्टराईको भनाइ छ । यसअघि एमालेले देशभरबाट करिब ३ हजार प्रतिनिधि सहभागी हुने बताएको थियो ।   त्यस्तै एमालेले अगामी निर्वाचनमा पार्टीलाई सर्वोत्कृष्ट पार्टी बनाउने र आगामी निर्वाचनमा बहुमत ल्याउने तयारीका साथ अघि बढ्नुपर्छ भन्ने अध्यक्षको प्रतिवेदनको निष्कर्ष रहेको भन्दै पार्टीमा वैचारिक प्रशिक्षण नियमित गर्ने कार्यभार रहेको छ जनाएको छ । साथै गुटबन्दी निरुत्साहित गर्ने र पार्टीलाई लोकतान्त्रिक बनाउने पनि एमालेले बताउदै आएको छ ।

विधान महाधिवेशनमा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्यले भाग लिन पाउने मापदण्ड एमालेले यसअघि नै बनाइसकेको छ । केन्द्रीय निकायमा निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चबाट  प्रतिनिधिका रुपमा महाधिवेशनमा सहभागी हुनेछन् ।

केन्द्रीय विभागबाट सचिवसहित ५ जना सदस्यले भाग लिने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए  । जिल्ला कमिटीका पदाधिकारीसहित निर्वाचन क्षेत्रबाट एक महिला र कम्तीमा एकजना दलितले जिल्लाबाट प्रतिनिधित्व गर्नेछन् । घोषित जनसंगठनबाट पदाधिकारीसहित वरिष्ठतम् १० जना सदस्य पनि महाधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी हुनेछन् ।

दुई प्रस्ताव पारित

एमालेले प्रमुख प्रतिपक्षको विरोधका बाबजुद प्रतिस्थापन विधेयकमार्फत आर्थिक विधेयक पारित गरेकोमा आपत्ति प्रकट गरेको छ । ‘यो नेपालको राष्ट्रिय कानुनविपरीत हुनेछ । विधेयकमार्फत गरिएको व्यवस्थामा अन्तर्राष्ट्रिय समुदायले कालो सुचीमा राख्ने खतरा रहेकोले फिर्ता लिन माग गरेको छ’, भट्टराईले जानकारी दिए । त्यस्तै   बैतडीका नेकपा एमालेका नेता जयराज अवस्थीको निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप