सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तनहुँमा पालिका अधिवेशन : देउवा पक्षको चार, पौडेल र सिटौला बराबरी

आइतबार, १० असोज २०७८, २१ : १७
आइतबार, १० असोज २०७८

नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत भएको पालिका अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई गृह जिल्लामै धक्का लागेको छ ।  पौडेलका गृहजिल्ला तनहुँमा सभापति शेरबहादुर देउवा पक्षले ४ वटा पालिकामा बाजी मारेको छ । तनहुँमा पौडेल र कृष्ण सिटौला समूहले बराबर पालिका जितेको छ ।

४ पालिकामा संस्थापन पक्षले जित्दा २÷२ पालिकामा पौडेल र सिटौला पक्ष विजयी भएको हो । देवघाट, बन्दीपुर, आँबुखैरेनी, म्याग्देमा देउवा पक्षका शंकर भण्डारी निकट उम्मेदवार सभापतिमा निर्वाचित भएका छन् । 

आबुँखैरेनी गाउँपालिकामा बिष्णुबहादुर पन्त, बन्दिपुर गाउँपालिकामा कर्ण बहादुर खत्री, देवघाट गाउँपालिकामा तिलबहादुर थापा र म्याग्दे गाउँपालिकामा रामभक्त घिमिरेले सभापतिमा बाजी मारेका हुन् । 
 
व्यास नगरपालिकामा पौडेल पक्षका सूर्यचन्द्र हड्खले विजयी भएका छन् । भानु नगरपालिकामा पनि पौडेल पक्षधर रामकुमार श्रेष्ठ सभापति चुनिएका छन् । पौडेलले आफ्नै  निर्वाचन क्षेत्रका बन्दुपुर, आबुँखैरेनी र देवघाटमा देउवा पक्षले जित हासिल गरेको हो ।

शुक्लागण्डकी नगरपालिकामा सिटौला पक्षका युवा नेता प्रदीप पौडेल निकट गोपीबहादुर गुरुङ सभापति विजयी भएका छन् । घिरिङ गाउँपालिकामा पनि प्रदीप पौडेलनिकट  यम थापाले सभापतिमा बाजी मारेका छन् । उनीहरु सर्वसम्मत सभापति भएका हुन् । पदाधिकारी पनि प्रदीप पौडेल निकट नै विजय भएका छन् ।

तनहुँको भीमाद नगरपालिकामा सोमबार मतदान हुँदैछ  । रिसिङ गाउँपालिकामा विवाद टुंगो लागेको छैन ।  भीमाद र रिसिङमा सर्वसम्मत प्रयास भइरहेको छ । पौडेल पक्षबाट जिल्ला सभापतिमा विद्रोह गर्ने तयारीमा रहेका जितप्रकाश आलेको दबदबा छ ।

उनलाई केन्द्रीय नेता भण्डारी  र धुर्व वाग्लेको साथ छ । राजेन्द्र श्रेष्ठ र संविधान सभा सदस्य झिलबहादुर आलेको बर्चस्व छ । उनीहरु पनि जितप्रकाश निकट नै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप