मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा मनोनयन पछि यस्तो छ उम्मेदवारहरुको प्रतिक्रिया (भिडियो रिर्पोट)

बिहीबार, १६ कात्तिक २०७४, १९ : ४३
बिहीबार, १६ कात्तिक २०७४

दोश्रो चरणको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन अन्र्तगत काठमाडौंमा प्रतिनिधी सभाका १० र समानुपातिक तर्फका २० निर्वाचन क्षेत्रमा चुनावी प्रतिष्पर्धाका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधी सभा तर्फ नेकपा एमालेका वरिष्ठ नेता एवं प्रधानमन्त्री माधवकुमार नेपाल, एमाले महासचिव इश्वर पोखरेल, नेपाली कांग्रेसका बरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान श्रेष्ठ, पूर्व मन्त्री गगन थापा, बर्तमान मन्त्री सुशिला बस्नेत, माओवादी केन्द्रका यूवा नेता अनिल शर्मा देखि पूर्व पत्रकार समेत रहेका विवेकशील साझाका सहसंयोजक रवीन्द्र मिश्र लगायतसम्मले उम्मेद्धवारी दर्ता गराएका छन् । 

काठमाडौंमा उम्मेदवारी दर्ताका लागि ४ स्थल तोकिएको थियो । राष्ट्रिय सभा गृहमा काठमाडौंको क्षेत्र नं. १, २, ३ र ४ बिजुली बजारमा क्षेत्र नं. ५ र ७, बबरमहलमा क्षेत्र नं. ८ र नयाँ बानेश्वरको अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रमा क्षेत्र नं. ६, ९ र १० को मनोनयन दर्ता भएको थियो ।  

काठमाडौंको सभा गृहमा बिहान ११ बजे विवेकशील साझाका रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नं. १ का लागि पहिलो मनोनयन दर्ता गराएका थिए । यस्तै दिँउसो १ बजे काठमाडौं क्षेत्र नं. १ र २ बाट बाम गठबन्धनका उम्मेदवार अनिल शर्मा र माधव नेपाल पुगेका थिए । दिँउसो १ बजेपछि उम्मेदवारी दर्ताका लागि चहलपहसल बाक्लिएको थियो । 

आवश्यक पत्र नबोक्दा कुराईमा परे नेता 

काठमाडौैं क्षेत्र नं. २ बाट उम्मेदवारी दिन पुगेका माधव नेपालले आवश्यक कागजात नपुगेपछि झन्डै १ घण्टा कुराईमा परे । उनको उम्मेदवारी सिफारिस रौतहटबाट भएकोले निर्वाचन आयोगबाट स्वीकृतिको पत्रका लागि उनले पर्खनुपरेको हो । 

यस्तै माओवादी केन्द्रका उम्मेदवार अनिल शर्मा पनि अगाडि नै भर्नुपर्ने फारम नभरेका कारण एकछिन कुराईमा परे । यस्तै नेपाली कांग्रेसका नेता गगन थापा पनि १ घण्टा कुराईमा परे । काठमाडौं क्षेत्र नंं. ४ मा स्वतन्त्र उम्मेदवारी दिएका एक उम्मेदवारको आवश्यक कागजपत्र नपुगेका कारण पखाईमा परेका थिए । उम्मेदवारी दिन गएका धेरैजसोले आवश्यक कागजपत्र नबोक्दा समयमा मनोनयन हुन सकेन ।

यस्तो थियो उम्मेदवारी पछिको प्रतिक्रिया 

उम्मेदवारी दर्ता पछि विभिन्न दलका नेताहरुले प्रतिक्रिया दिएका छन् । नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले संविधान कार्यान्वयन, जनताको चाहना पूरा गर्न आफ्नो उम्मेदवारी रहेको प्रतिक्रिया दिएका छन् । 

यस्तै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको रक्षा, मुलुकको आर्थिक समृद्धीका लागि जनताले आफूलाई निर्वाचित गर्ने प्रतिक्रिया दिएका छन् । क्षेत्र नं. १ मा विकास निर्माणको काममा ठूलो भूमिका निर्वाह गरेको भन्दै आफू विजयी हुने बताए । 

यस्तै काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका माओवादी केन्द्रका यूवा नेता अनिल शर्माले आफ्नो क्षेत्रको विकास निर्माणका साथै समुन्नत शहर बनाँउने उद्धेश्य रहेको बताए । काठमाडौं शहर काठमाडौंको केन्द्र भए ब्यवस्थित नभएको भन्दै बागमती, सडक लगायतका भौतिक पूर्वाधार सुधारका काम गर्ने लगायतका आफ्ना एजेन्डा रहेको बताए ।   

विवेकशील साझाका रवीन्द्र मिश्रले क्षेत्र नं. १ का लागि आफूले ५ प्रतिबद्धता गरेको भन्दै अहिले राष्ट्रिय दल बन्ने र अर्को चुनावछि देशको नेतृत्व गर्ने योजना सहित उम्मेदवारी दिएको बताए । उनले ५० भन्दा ठाँउबाट आफ्नो दलले उम्मेदवारी दिएको भन्दै ३ लाख बढी मत ल्याउनु अहिलेको उदेश्य रहेको बताए । 

यस्तै काठमाडौं क्षेत्र नं. ४ का नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले आफू निर्वाचित भएमा पाँच बर्षमा अघिल्लो कार्यकालमा गर्न बाँकी रहेका कामका साथै शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्ने बताएका छन् । उनले बेरोजगारीको समस्या बढ्दै गएको भन्दै कोही पनि बेरोजगार बस्न नपर्ने अवस्था ल्याउन आफू लागीपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप