सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : कर्णालीबाट एउटा पालिकामा मात्र महिला सभापति

पालिका सभापतिमा को–को भए निर्वाचित ?
बुधबार, १३ असोज २०७८, १० : २७
बुधबार, १३ असोज २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कर्णालीका ६० वटा स्थानीय तहमा पार्टीको नयाँ नेतृत्व चयन भएको छ । ७९ वटा स्थानीय तह रहेको कर्णालीका डोल्पा र सुर्खेत जिल्लाका बाहेक अन्य जिल्लाका ६१ पालिकामा अधिवेशन गरिएको थियो ।

जाजरकोटको कुशे गाउँपालिकामा दुई पक्षबीचको विवादका कारण अधिवेशन स्थगित भएको छ भने ६० पालिकामा काँग्रेसको नेतृत्व चयन भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच नै अधिकांश पालिकामा प्रतिस्पर्धा भएको थियो ।

कालिकोट, रुकुम पश्चिमसहित केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरिएकाले धेरैजसो पालिकाका सभापतिको खेमा स्पष्ट हुन सकेको छैन ।

हुम्लामा काँग्रेस नेता जीवनबहादुर शाहीको प्रभावका कारण पौडेल पक्ष कमजोर देखिएको छ । दैलेख, सल्यान, जुम्ला, जाजरकोट, मुगु जिल्लामा पौडेल पक्ष नै अगाडि देखिएको छ ।

समग्रमा अघिल्लो पटक कर्णालीमा वर्चश्व राखेको पौडेल पक्षले नै यो पटक पनि कर्णालीका पालिकास्तरमा आफ्नो पकड कायम राखेको छ । पालिका अधिवेशन सकिएसँगै अब जिल्ला अधिवेशनतिर सबैको ध्यान केन्द्रित हुन थालेको छ ।

वडा तहको निर्वाचनमा महिला र युवाहरुको सहभागिता उल्लेख्य देखिए पनि पालिकाको निर्वाचनमा भने महिलाको उपस्थिति अत्यन्त न्यून छ । ६० स्थानीय तहमा अधिवेशन भएकोमा कालिकोटको पलाता गाउँपालिकाको नेतृत्वमा धीरा बम एकमात्र महिला सभापतिका रुपमा चयन भएकी छन् ।

हुम्ला

हिमाली जिल्ला हुम्लामा पालिका तहको अधिवेशनमा संस्थापन पक्षबाट कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद जीवनबहादुर शाही र पौडेल पक्षका पूर्व सांसद रिता शाहीबीचमा प्रतिस्पर्धा भएको देखिन्छ । यद्यपि, नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका शाहीले आफ्नो वर्चश्वलाई गुम्न दिएका छैनन् । यसअघिका चुनावजस्तै पालिकास्तरको निर्वाचनमा उनले आफ्नो वर्चश्व कायम गरेको देखिन्छ ।

७ वटा स्थानीय तहमध्ये सर्केगाड गाउँपालिका बाहेक ६ पालिकामा सर्वसम्मत रुपमा आफ्नै पक्ष अर्थात् सभापति शेरबहादुर देउवा पक्षकालाई सभापति चयन गराएका छन् । शाही आफू भने केन्द्रमा सहमहामन्त्रीको दाबेदारका रुपमा देखिएका छन् ।

को–को बने सभापति ?

—नाम्खा गाउँपालिकामा : सोनम बहादुर लामा (देउवा पक्ष)

—सिमीकोट गाउँपालिका :  धर्मराज रोकाया (देउवा पक्ष)

—खार्पूनाथ गाउँपालिका :  तप्त बहादुर शाही (देउवा पक्ष)

—चङ्खेली गाउँपालिका : नरबहादुर भण्डारी (देउवा पक्ष)

—अदानचुली गाउँपालिका :   विष्णु भण्डारी (देउवा पक्ष)

—ताँजाकोट गाउँपालिका : कृष्ण बहादुुर मल्ल (देउवा पक्ष)

—सर्केगाड गाउँपालिका :  धनराज शाही  (पौडेल पक्ष)  

रुकुम पश्चिम

६ वटा स्थानीय तह रहेको रुकुमपश्चिमा मुसिकोट नगरपालिका बाहेकका स्थानी तहमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।

मुसिकोट नगरपालिकामा शेरबहादुर देउवा पक्षका प्रेम ओली विजयी भएका छन् भने अन्य पालिकाका सभापति बनेकाहरुको गुट स्पष्ट खुलेको छैन ।

को–को बने सभापति ? 

—मुसिकोट नगरपालिका :  प्रेम ओली (देउवा पक्ष)

—आठबीसकोट नगरपालिका : अमृत बोहोरा

—चौरजहारी नगरपालिका :  प्रेमबहादुर ओली 

—बाँफिकोट गाउँपालिका :  जनक कुमार बाँठा

—सानोभेरी गाउँपालिका :  सन्तोष रोकाया

—त्रिवेणी गाउँपालिका : दीपेन्द्र कुमार ओली  

दैलेख 

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बलियो पकड क्षेत्र मानिएको दैलेखमा पौडेल पक्षले नै आफ्नो वर्चश्व जमाएको छ ।

११ वटा स्थानीय तह रहेको दैलेखका ६ पालिकामा पौडेल पक्षको पुरै टिम विजयी भएको छ भने पाँच पालिकामा शेरबहादुर देउवा पक्ष विजयी भएको छ ।

पाँचमध्ये दुल्लु नगरपालिकामा ५०/५० प्रतिशत भागवण्डाको आधारमा देउवा पक्षका लालबहादुर रावतलाई सभापति बनाइएको छ । रावत दुल्लु नगरपालिका–७ का वडा अध्यक्षसमेत हुन् भने दुल्लु नगरपालिकाको मेयर पदमा रहेका घनश्याम भण्डारीले जिल्ला सभापतिमा उम्मेदवारी दिएका छन् ।

रावत सभापति बन्नुमा भण्डारीको भरपुर सहयोग समेत रहेको देखिन्छ । आठबीस नगरपालिकामा यसअघिकै सभापति अर्जुनबहादुर शाही दोहोरिएका छन् । अघिल्लो कार्याकालमा उनी कुनै पक्षमा खुलेका थिएनन् । त्यसैले उनलाई दुईवटै पक्षबाट सहयोग प्राप्त भएको थियो । यद्यपि, उनी संस्थापन पक्षबाटै चुनाव लडेका थिए ।

को–को बने सभापति ?

—नारायण नगरपालिका : मनोज कुमार थापा (देउवा पक्ष)

—दुल्लु नगरपालिका : लालबहादुर रावत (सर्वसम्मत, देउवा पक्ष)

—आठबीस नगरपालिका : अर्जुन शाही (देउवा पक्ष)

—चामुण्डाबिन्द्रासैनी नगरपालिका : जगत बहादुर शाही  (देउवा पक्ष)

—डुङ्गेश्वर गाउँपालिका : जगतबहादुर शाही  (देउवा पक्ष)

—ठाटीकाँध गाउँपालिका :विष्णु रिजाल (पौडेल पक्ष)

—गुराँस गाउँपालिका : चन्द्रप्रसाद भट्टराई  (पौडेल पक्ष)

—भगवतीमाई गाउँपालिका : खगेन्द्रबहादुर शाही  (पौडेल पक्ष)

—भैरवी गाउँपालिका : हेमलाल जैशी  (पौडेल पक्ष)

—महावु गाउँपालिका : कर्णबहादुर शाही  (पौडेल पक्ष)

—नौमुले गाउँपालिका : गंगबहादुर शाही  (पौडेल पक्ष) 

कालिकोट

नेपाली काँग्रेस कालिकोटले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ । शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला तहका नेताहरुबीच आपसी छलफल गरेर  वडादेखि जिल्ला तहकै नेतृत्व सर्वसम्मत गर्ने कालिकोटमा काँग्रेसको तयारी छ । त्यसलै पनि पालिका सभापति बनेकाहरुको खेमा भने स्पष्ट हुन सकिरहेको छैन ।

को–को बने सभापति ?

—खाँडाचक्र नगरपालिका : भानुभक्त आचार्य

—तिलागुफा नगरपालिका :  धिरेन्द्र थापा

—पलाता गाउँपालिका : धीरा बम (महिला)

—नरहरिनाथ गाउँपालिका :  राम बहादुर बटाला

—सान्नी त्रिवणी गाउँपालिका : वीरेन्द्र केसी 

—पचालझरना गाउँपालिकान :  प्र्रजापति संन्ज्याल

—शुभकालिका गाउँपालिका : दिर्ग शाही

—महावै गाउँपालिका :  पुराधी अधिकारी

—रास्कोट नगरपालिका : वीर फर्साल

सल्यान

सल्यानका १० वटै स्थानीय तहमा नेपाली काँग्रेसको नयाँ नेतृत्व चयन गरिएको छ । जिल्ला सभापतिमा भने पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षकै दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । देउवा पक्षको समर्थनमा संस्थापन पक्षबाट केशवबहादुर विष्ट र पौडेल पक्षको समर्थनमा देउवा खेमाकै ध्रुव पुरी जिल्ला सभापति पदका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

पालिका सभापतिमा पनि सोही अनुसार नेतृत्व चयन भएको सल्यान जिल्लाका काँग्रेस उपसभापति निमबहादुर ओलीले रातोपाटीलाई जानकारी दिए । १० स्थानीय तहमा बागचौर नगरपालिकाको सभापतिमा चयन भएका दीपेश बिसीको गुट स्पष्ट छैन भने पाँच स्थानीय तहमा पौडेल पक्ष अथवा ध्रुव पुरीको टिमले जित हासिल गरेको छ ।

यस्तै देउवा पक्ष अर्थात् केशवबहादुर बिष्टको टिमले चार स्थानीय तहमा जित हासिल गरेको छ । जिल्लाको १० पालिकामध्ये एक पालिकामा मात्र महिलाले नेतृत्वको अवसर प्राप्त गरेकी छन् । छत्रेश्वरी गाउँपालिका सभापतिमा निर्वाचित सीता केसी हालसम्म अधिवेशन सम्पन्न भएका कर्णालीकै ६० पालिकामा एक्लो महिला सभापति हुन् ।

कुन स्थानीय तहमा को–को बने सभापति ?

—बागचौर  नगरपालिका  : दीपेश विसी  (गुट स्पष्ट छैन)

—कालिमाटी गाउँपालिका :  गणेश केसी (पौडेल पक्ष)

—शारदा  नगरपालिका :  दिपक हमाल (पौडेल पक्ष)

—बनगाढ कुपिण्डे नगरपालिका : पुरुषोत्तम आचार्य (पौडेल पक्ष)

—शिद्धकुमाख गाउँपालिका : वीरबहादुर बुढाथोकी (देउवा पक्ष)

—कुमाख गाउँपालिका : इन्द्र शाही (देउवा पक्ष)

—दार्मा गाउँपालिका : कृष्णबहादुर ओली (देउवा पक्ष)

—कपुरकोट गाउँपालिका : एकराज ओली (पौडेल पक्ष)

—त्रिवेणी गाउँपालिका  : गंगाराम पुन (पौडेल पक्ष)

—छत्रेश्वरी गाउँपालिका  : सीता केसी (देउवा पक्ष)

जुम्ला

जुम्ला जिल्लामा शेरबहादुर देउवा पक्ष कमजोर देखिएको छ । आठ स्थानीय तहमध्ये सिञ्जा र गठीचौर बाहेक अरु सबै पालिकामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष विजयी भएको काँग्रेसका युवा नेता लालबहादुर जिसीले रातोपाटीलाई जानाकारी दिए ।

को–को बने सभापति ?

—कनका सुन्दरी गाउँपालिका : लालबहादुर बुढा

—सिञ्जा गाउँपालिका : गोविन्द शर्मा  (देउवा पक्ष)

—हिमा गाउँपालिका : नरबहादुर शाही

—तिला गाउँपालिका : भक्त बहादुर रोकाया

—तातोपानी गाउँपालिका : धनप्रसाद चौलागाई

—चन्दनाथ नगरपालिका : रवि थापा

—गुठीचौर गाउँपालिका :  टेक भण्डारी (देउवा पक्ष)

—पातरासी गाउँपालिका  : गोरख बोहोरा

जाजरकोट

७ वटा स्थानीय तह रहेको जाजरकोटको कुशे गाउँपालिकामा निर्वाचन विवादित बनेको छ भने अन्य ६ वटा पालिकामा चुनाव सम्पन्न भएको छ । जसमा २ ठाउँमा पौडेल पक्षधर र ४ ठाउँमा देउवा पक्षबाट सभापति बनेका छन् ।

को–को बने सभापति?

—छेडागाढ  नगरपालिका : टोपेन्द्र अधिकारी (देउवा पक्ष)

—जुनीचाँदे गाउँपालिका : वीरेन्द्र शाही (देउवा पक्ष)

—शिवालय गाउँपालिका : जस्विर ओली (देउवा पक्ष)

—भेरी नगरपालिका : सशी बुढा (देउवा पक्ष)

—बारेकोट गाउँपालिका  :  रामचन्द्र जोशी (पौडेल पक्ष)

—नलगाढ नगरपालिका : जय बहादुर सिंह (पौडेल पक्ष) 

मुगु

हिमाली जिल्ला मुगुमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बलियो देखिएको छ । चार स्थानीय तहमध्ये ३ वटामा पौडेल पक्ष र एउटामा शेरबहादुर देउवा पक्षबाट सभापति बनेका छन् ।

मुगुमा युवा नेता धर्मजित शाहीका अनुसार खत्याड, मुगूम कार्मारोङ र सोरु गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो भने छायानाथ रारा नगरपालिकामा निर्वाचन नै भएको थियो ।

को–को बने सभापति ?

—खत्याड गाउँपालिका : लोग राज दाहाल

—छायानाथ रारा नगरपालिका :  राज बहादुर सेजुवाल (पौडेल पक्ष)

—मुगूम कार्मारोङ गाउँपालिका :  गारा तामाङ  (पौडेल पक्ष)

—सोरु गाउँपालिका : कुबेरजङ्ग शाही (देउवा पक्ष)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप