सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ठुलो परिमाणमा पटाकाका साथ पक्राउ

बुधबार, १३ असोज २०७८, ११ : ०६
बुधबार, १३ असोज २०७८

रौतहटमा प्रहरीको गस्ती टोलीले ठुलो मात्रामा प्रतिबन्धित पटाकाका साथ एक र अन्य मुद्दाका फरार दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गस्ती टोलीले ती तीन जनालाई पक्राउ गरेको हो ।
चन्द्रपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा ग १ ख ६३४१ नम्बरको बसमा चेकजाँचको क्रममा सर्लाही जिल्लाको पर्सा गाउँपालिका–४ का २५ वर्षीय संजित साहलाई पटाकासहित नियन्त्रणमा लिएको छ ।

उनले ब्यागमा लुकाई राखेको एक लाख ६२ हजार ४८४ रुपैयाँ बराबरको बिष्फोटक पदार्थ पटाका बरामद भएको प्रहरीको भनाइ छ । उनलाई विष्फोटक पदार्थ पटाका शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी रौतहट जिल्ला अदालतको २०७३ साल असार २८ गतेको फैसलाले चोरी मुद्दामा २ जनालाई दोषी ठहर गरी जनही एक महिना कैद र ८५ हजार जरिवाना गरेकोमा फैसलापछि फरार चन्द्रपुर नगरपालिका–५ बस्ने वर्ष २८ का करण चौधरी र सोही ठाउँका वर्ष २३ का अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई कैद तथा जरिवाना भुक्तानीका लागि मंगलबार रौतहट जिल्ला अदालत, गौरमार्फत कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप