सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाली मुद्रा कमजोर बन्दै, रेमिट्यान्स प्राप्त गर्नेलाई फाइदा

बिहीबार, १४ असोज २०७८, ०९ : ४९
बिहीबार, १४ असोज २०७८

दसैँ केन्द्रित आयात बढ्दै गएपछि अधिकांश विदेशी मुद्रासँग नेपाली रुपैयाँ कमजोर बनेको छ । तर, रेमिट्यान्स प्राप्त गर्ने नेपालीलाई फाइदा भइरहेको छ । यो सातादेखि नेपालमा विदेशी मुद्राको विनिमयदर बढिरहेको छ । आज (बिहीबार) पनि यो क्रम जारी छ ।

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९४ पैसा तोकेको छ । हिजो सो मुद्राको खरिददर ११८ रुपैयाँ १७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७७ पैसा तोकिएको थियो ।

चिनियाँ मुद्रा युुआनको विनिमयदर पनि बढेको छ । खरिददर १८ रुपैयाँ ३० पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा तोकिएको छ । यूरोपेली मुद्रा यूरोको खरिददर १३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६५ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङको खरिददर १५९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा तोकिएको छ । यी दुई मुद्राको भाउ भने हिजोको तुलनामा घटेको हो ।

क्यानडेली डलर एकको खरिददर ९३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९३ रुपैयाँ ८० पैसा, सिंगापुर डलर एकको खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६२ पैसा तथा साउदी अरेबियन रियालको खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ । 

यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३२ रुपैयाँ ६६ पैसा, यूएई दिरामको खरिददर ३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३८ पैसा तथा मलेसियन रिंगिटको खरिददर २८ रुपैयाँ २८ पैसा र बिक्रीदर २८ रुपैयाँ ४२ पैसा तोकिएको छ । 

दक्षिण कोरियन वनको १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ४ पैसा तथा हङकङ डलर एकको खरिददर १५ रुपैयाँ २० पैसा र बिक्रीदर १५ रुपैयाँ २८ पैसा कायम गरिएको छ । 

नेपालमा आज कुबेती दिनार साट्नेले सबैभन्दा धेरै रुपैयाँ पाउनेछन् । सो मुद्राको खरिददर ३९२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, विनियमदरका हिसाबले दोस्रो स्थानमा रहेको बहराइन दिनारको खरिददर ३१३ रुपैयाँ ८९ पैसा र ३१५ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप