आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शम्शेरामा रणवीरको डबल रोल, सञ्जय दत्त मुख्य भिलेन

बिहीबार, १४ असोज २०७८, १५ : ४५
बिहीबार, १४ असोज २०७८

रणवीर कपुर ‘शम्शेरा’ फिल्ममा डबल रोलमा देखिँदैछन् । उनले बाबु र छोरा दुबैको भूमिका निर्वाह गर्दैछन् । यसका लागि उनले मेकअपको साहारा लिँदैछन् ।  बाबु ‘शम्शेरा’ को भूमिकामा देखिँदा रणवीरको कपाल लामो हुनेछ । यसका लागि उनले नक्कली कपाल लगाउनेछन् ।

त्यसैगरी, छोरा बल्लीको भूमिकामा उनले छोटो कपाल पाल्नेछन् । फिल्ममा अंग्रेजको अन्तर्गत काम गरेका भारतीय पुलिस अधिकारीहरुको आदिवासीमाथि गरेका अपराध र ज्यादती देखाइएको छ ।  रणवीरले यसमा हार्डकोर एक्सन गरेका छन् । उनको लुक्स चाँडै सार्वजनिक गर्ने तयारी गरिएको छ । 

यस फिल्मका मुख्य एक्सन सिनहरु मुम्बईस्थित फिल्म सिटीमा सुट गरिएको छ । त्यसैगरी, लद्दाखमा १० दिनसम्म गीतको सुटिङ गरिएको छ । कमालिस्तान स्टुडियोमा फिल्मको क्लाइमेक्स सुट गरिएको छ ।  १८ औं शताब्दीमा प्रयोग भएका हतियारमार्फत मुख्य एक्सनहरू देखाइएको छ ।

यस फिल्ममा घोडासवारीका क्रममा हुने द्वन्द्वमा बढी जोड दिइएको छ । यस फिल्ममा सञ्जय दत्त मुख्य भिलेनको रोलमा छन् । उनले शुद्ध सिंह नामक पात्रको भूमिका निभाएका छन् । फिल्मका डायलगहरुलाई पनि काव्यिक शैलीमा प्रस्तुत गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप