सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : कपिलवस्तुका पालिकामा को–को भए विजयी

बिहीबार, १४ असोज २०७८, २० : ३३
बिहीबार, १४ असोज २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कपिलवस्तुमा  एक  नगरपालिकासहित  ९ वटा स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । १० स्थानीय तह रहेको कपिलवस्तुमा एउटा गाउँपालिकाको वार्ड अधिवेशन रोकिएका कारण त्यहाँ पालिका अधिवेशन हुन सकेको छैन ।

यशोधरा गाउँपालिकाको वार्ड नम्बर ७ मा अधिवेशन हुन नसक्दा पालिकाकै अधिवेशन रोकिएको छ । त्यहाँ चाँडै समस्या टुङ्ग्याउने जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले जानकारी दिएका छन् ।

बुधबार अधिवेशन सम्पन्न भएका ९ पालिकामध्ये ८ वटामा चुनावबाट र एउटा पालिकामा सहमतिबाट नेतृत्व छनौट भएको छ । पूर्व मन्त्री एवं काँग्रेसका नेता दीपकुमार उपाध्यायको गृह जिल्लामा देउवा र पौडेल पक्षबीच मुख्य प्रतिस्पर्धा भएकोमा मिश्रित परिणाम आएको काँग्रेसका जिल्लास्तरका नेताहरु बताउँछन् ।

वाणगंगाको सभापतिमा विष्णु थापा

नेपाली काँग्रेस वाणगंगा नगरपालिकाको नगर सभापतिमा विष्णु थापा निर्वाचित भएका छन् । नगर अधिवेशनमा उनले प्रतिस्पर्धी वीरेन्द्र श्रेष्ठ र रविराज आचार्यलाई पछि पार्दै जित हासिल गरेका हुन् । उनी वाणगंगा नगर समितिका पूर्व उपसभापतिसमेत हुन् ।

यस्तै उपभापतिमा भवानदास चौधरी, रमेशचन्द भुसाल, सचिवमा सूर्यप्रसाद बराल र गोविन्दप्रसाद आचार्य, सह–सचिवमा सुवास पौडेल, शान्ता पोखरेल निर्वाचित भएका छन् ।

कृष्णनगरमा देवानन्द शुक्ला विजयी

जिल्लाको अर्को नगरपालिका कृष्णनगरमा देवानन्द शुक्ला नगर सभापतिमा विजयी भएका छन् । उनले प्रतिस्पर्धी अजय उपाध्यायलाई पराजित गरे । शुक्लाले ९५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी अजय उपाध्यायले ७९ मत प्राप्त गरेका छन् । 

कपिलवस्तु नगर सभापतिमा खुर्सेद अहमद खाँ

जिल्लाको अर्को पुरानो नगरपालिका कपिलवस्तु नगरपालिका सभापतिमा खुर्सेद अहमद खाँ निर्वाचित भएका छन् । यो नगरपालिका नेपाली काँग्रेसको राम्रै पकड छ ।

नगर अधिवेशनमा तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै खाँ निर्वाचित भएका हुन् । उनले ८२ मत पाएका थिए भने उनका प्रतिस्पर्धी प्रशान्त कार्कीले ५७, गोपीकृष्ण शर्माले ६४ र माया ज्ञवालीले ७ मत ल्याए ।

महाराजगन्ज नगर सभापतिमा सर्वसम्मत

महाराजगन्ज नगरपालिकामा काँग्रेसले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । नगर अधिवेशनले रामअचल कुर्मीको नेतृत्वमा निर्विरोध नेतृत्व चयन गरेको हो ।

अन्य पालिकामा को को भए विजयी ?

बुद्धभूमि नगर कार्यसमितिको सभापतिमा माधव दमासे निर्वाचित भएका छन् । शुद्धोधन गाउँपालिका सभापतिमा विश्वम्भर कुर्मी, मायादेवी गाउँपालिकाको सभापतिमा शैलेन्द्र दुवे निर्वाचित भएका छन् ।

त्यस्तै विजयनगर गाउँपालिकामा जानकीप्रसाद यादव निर्वाचित भएका छन् भने शिवराज नगरपालिका सभापतिमा मधुसुदन पोख्रेल विजयी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप