सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्याङ्जामा ट्याक्टर दुर्घटना, एक महिलाको मृत्यु

बिहीबार, १४ असोज २०७८, २० : ५४
बिहीबार, १४ असोज २०७८

स्याङ्जामा ट्याक्टर दुर्घटना हुदा एकजना महिलाको मृत्यु भएको छ । आँधीखोला–५ सेती दोभानमा बिहीबार साँझ रोकिराखेको ट्याक्टर एक्कासि गुड्दा एकजना महिलाको मृत्यु भएको हो ।

सेतीदोभानस्थित वरको रुख भन्ने ठाउँमा रोकिराखेको ट्याक्टर अचानक गुड्न जाँदा चोक्करको भारी बोकेर हिँडिरहेकी आँधिखोला ६ कि ४५ वर्षीया माया विकको उपचारको क्रममा पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

ट्याक्टर आफैं गुडेको वा चालकले दुर्घटना गराएर भागेको हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय स्याङजा प्रवक्ता एवं डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप