सुनसरीबाट १६४ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ
शुक्रबार, १५ असोज २०७८, १४ : ३४
सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही बजारबाट प्रहरीले खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका–५ घर भएका ३८ वर्षीय नईसाद अलि मिया छन् । उनको साथबाट १ सय ६४ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रदेश–१ प्रहरी कार्यालय बिराटनगर र जिप्रका सुनसरीबाट खटिएको टोलीले को.२७ प ३०८१ नम्बरको मोटरसाइकलमा सवार मियालाई सर्च गर्दा सो लागुऔषध फेला परेको थियो । आरोपीमाथि सुनसरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।