सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

क्लोपले मलाई राम्रो बनाइदिए : पेप गार्डीओला

शनिबार, १६ असोज २०७८, ११ : ३३
शनिबार, १६ असोज २०७८

इंलिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डीओलाले लिभरपुल प्रशिक्षक योर्गान क्लोपको प्रशंसा गरेका छन् । क्लोपसँगको प्रतिद्वन्द्वीताका कारण आफू थप राम्रो बनेको उनले बताए । इंलिस प्रिमियर लिगमा लिभरपुल अहिले शीर्ष स्थानमा छ । र, आफुभन्दा एक अंकले पछि गरेको सिटीसँग लिभरपुलले आइतबा प्रतिस्पर्धा गर्नेछ । पछिल्ला चार सिजनमध्ये सिटीले तीनपटक लिग उपाधि जितेको छ । २०१९–२० मा मात्रै सिटी उपाधि जित्न असफल रह्यो, यतिबेला लिभरपुलले उपाधि जितेको थियो । 

२०१६ मा सिटीमा आउनुअघि पनि गार्डीओलाले क्लोपको सामना गर्ने गर्दथें । त्यतिबेला गार्डीओला जर्मन क्लब बार्यन म्युनिख र क्लोप बोरुसिया डर्टमुन्डमा प्रशिक्षक थिए । सबैखाले प्रतियोगितामा गार्डीओलाको टिम क्लोपको टिमविरुद्ध ८ पटक पराजित भएको छ । गार्डीओलाको प्रशिक्षणमा रहेको टोलीलाई यति धेरैपटक हराउने क्लोप एक्लो प्रशिक्षक हुन् । ‘योर्गान क्लोपको टिमले मलाई राम्रो प्रशिक्षक बन्न सहयोग गर्‍यो,’ गार्डीओलाले भने,‘उनले मलाई अर्कै स्तरमा पु¥याए । सोचाईमा, आफैंलाई प्रमाणि गर्ने विषयमा र राम्रो प्रशिक्षक बन्नेबारे । त्यहीकारण म अझै पनि प्रशिक्षक छु ।’

यद्यपि, प्रिमियर लिगमा दुई वा तीन मात्रै नभएर धेरै टिम उपाधिका लागि प्रतिस्पर्धामा रहेको उनले बताए । लिभरपुल र सिटीबीचको पछिल्लो भेट फेब्रुअरीमा भएको थियो । यस खेलमा सिटीले ४–१ को जित निकालेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप