सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बल्खुमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु

शनिबार, १६ असोज २०७८, १७ : १०
शनिबार, १६ असोज २०७८

काठमाडौंको बल्खुमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मिनी ट्रकको ठक्करबाट काठमाडौं सीतापाइला बस्ने कैलाली गोदावरी नगरपालिका–१२ घर भएका २७ वर्षीय चेत राज जोशीको मृत्यु भएको हो ।

शनिबार बिहान काठमाडौं महानगरपालिका–१४ बल्खुमा बा ३ ख ९३६९ नम्बरको मिनिट्रकले बा ८८ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको बल्खुस्थित वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक काठमाडौं सीतापाइला बस्ने २२ वर्षीय ईश्वर भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप