आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मन्त्री छान्ने माओवादी बैठकको समय अनिश्चित

आइतबार, १७ असोज २०७८, १० : ०४
आइतबार, १७ असोज २०७८

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आईतबार बस्दै छ । आईतबार बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम छनोट गर्ने बताइएको छ ।

यद्यपी बैठकको समय भने निश्चित भइनसकेको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । ‘बैठक बस्ने भनेको हो, तर अहिलेसम्म समय निश्चित भएको छैन’, ढकालले आइतबार बिहान रातोपाटीसँग भने, ‘कुनैपनि बेला बस्नसक्छ ।’ नेता नारायणकाजी श्रेष्ठले आज बैठक बस्ने नबस्ने आफुलाई अहिलेसम्म जानकारी नआएको बताए ।

शनिबारको स्थायी समितिको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले आइतबार बस्ने बैठकले मन्त्रि बन्ने नेताको नाममा छलफल गरेर टुंग्याउने बताएका थिए । असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले हालसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । सरकारमा हाल माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् । यसैगरी काँग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री, बालकृष्ण खाँण गृहमन्त्री, डा. नारायण खड्का परराष्ट्रमन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् । 

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीलाई समेत समेटेर मन्त्रिमण्डललाई पूर्णता दिने भनिएपनि दलहरुबीच मन्त्रालय भागबण्डामै छलफल हुन सकिरहेको छैन । गत साता नै भागबण्डा टुंग्याउने सत्ता गठबन्धनका नेताहरुले बताएपनि गठबन्धन बैठक नै बस्न सेकेको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप