सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरमा सिंह-थापा निकट शाक्यको प्यानल नै विजयी

आइतबार, १७ असोज २०७८, २० : ५४
आइतबार, १७ असोज २०७८

नेपाली काँग्रेसको काठमाडौं  महानगरपालिकाको सभापतिमा​ निलकाजी शाक्य विजयी भएका छन् । शाक्यले ७ सय ९६ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन्  । उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३ सय २९ मत ल्याएका छन् ।

शाक्यलाई पूर्वमहामन्त्री प्रकाशमान सिंह र गगन थापाको समर्थन थियो भने रञ्जितलाई सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको साथ थियो । तर सिंह थापा निकट शाक्यको प्यानल नै विजयी भएको छ ।
शाक्य प्यानलबाटै उपसभापतिमा सुशीला ढकाल र सन्तकुमार महर्जन निर्वाचित भएका छन् ।

यस्तै सचिवमा सुशन वैद्य र पुरुषोत्तम खकुरेल विजयी हुँदा सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप