सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कस्तो रहला आजको मौसम ?

मङ्गलबार, १९ असोज २०७८, ०७ : ३६
मङ्गलबार, १९ असोज २०७८

जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । महाशाखाले बदलीका कारण दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको समेत नियमित बुलेटिनमार्फत जानकारी दिएको छ । 

यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा सामान्य वर्षाको सम्भावना रहेको छ । 

भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव हाल नेपालमा परेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप