आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको भाउ ५०० रुपैयाँले बढ्यो

मङ्गलबार, १९ असोज २०७८, ११ : १७
मङ्गलबार, १९ असोज २०७८

मंगलबार नेपाली बजारमा सुनको भाउ ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ पुगेको हो । गत सोमबार बजारमा छापावाला सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत तोलामा ५०० रुपैयाँले वृद्धि हुँदै ८९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यद्यपि, आज यता चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार गत सोमबार तोलामा एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप