मेसको खाना खाए, घरबाट लुगा आयो : एनसीबीको हिरासतमा यसरी बित्यो आर्यनको ७२ घण्टा
करिब ७२ घण्टा वा सरल शब्दमा भन्ने हो भने शनिबार अबेर रातीदेखि शाहरुख खानका छोरा आर्यन खान नारकोटिक्स कन्ट्रोल ब्यूरोको नियन्त्रणमा छन् । उनी बिहिबारसम्म हिरासतमा नै रहनेछन् । यतिबेला एनसीबीका अधिकारीले लगातार सोधपुछ गरिरहेका छन् । अदालतको यो निर्णय आर्यनका लागि समस्याको पहाड बराबरको हो ।
आर्यनलाई कहाँ राखियो ?
रिपोर्टका अनुसार बिहिबारसम्म हिरासतमा बस्नुपर्ने निर्णय आएपछि आर्यन निकै तनावमा छन् । तर यतिबेला उनले एनसीबीलाई अनुसन्धानका लागि सहयोग गरे । उनले एनसीबीको प्रश्नको जवाफ राम्रोसँग दिइरहेका छन् । यतिबेला आर्यन र अरबाज मर्चेन्टलाई आमने सामने राखेर पनि कुरा गरियो । आर्यन खानलाई बलार्ड स्टेटमा भएको एनसीबीको कार्यालयको दोस्रो तलमा राखिएको छ ।
मेसको खाना खाए, यस्ता सुविधा पाइरहेका छन्ः
एनसीबी स्रोतलाई मान्ने हो भने आर्यन खानलाई एनसीबीको मेसमा बनेको खाना दिइएको छ । यतिबेला आर्यनलाई घरबाट पठाइएको कपडा प्रदान गरिएको छ । नियमका अनुसार घरबाट ल्याएको खाना खानका लागि अदालतबाट अनुमतिको आवश्यकता पर्छ जुन हाल आर्यन खानले लिइसकेका छैनन् । आर्यन पक्राउ परेपछि सोमबार शाहरुखसँग उनको ल्यान्डलाइन फोनबाट २ मिनेटसम्म कुरा गराइएको थियो ।
आर्यनले मगाएका थिए नाकमा हाल्ने औषधीः
आर्यनले आफ्नो शिक्षाको विस्तृत जानकारी एनसीबीलाई दिएका छन् । आर्यनले आफूले फिल्म निर्माणको कोर्स गरेको बताएका छन् । उनले विदेशमा उच्च शिक्षा हासिल गरेका हुन् । यसअघि अदालतमा आर्यनले आफ्ना लागि नाकमा हाल्ने औषधस् मगाएका थिए जुन उनलाई उपलब्ध गराइयो । उनले लगभग चार पानाको बयान एनसीबीको अगाडि राखेका छन् ।
आर्यनले आफ्ना पिताको व्यस्त समयका कारण उनलाई भेट्न असाध्यै समस्या हुने बताए ।
अनुसन्धानका लागि आर्यनलाई सँगै लिएर जाने
खबरका अनुसार एनसीबीले मंगलबार आर्यनलाई अनुसन्धानका लागि केही भिन्न स्थानमा लिएर जानसक्छ । यसअघि सोमबार अबेर राती आर्यनसँगै पक्राउ परेका उनका साथी अरबाज मर्चेन्टलाई एनसीबीले गोप्य स्थानमा लगेको थियो । स्मरण रहोस्, आर्यनलाई शनिबार अबेर राती गोवााम गइरहेको क्रुजको ड्रग्स पार्टीमा एनसीबीले पक्राउ गरेको थियो ।