आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु

आइतबार, २४ असोज २०७८, १२ : ०५
आइतबार, २४ असोज २०७८

पछिल्लो २४ घण्टामा लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु भएको छ । रुकुम पश्चिम, रुपन्देही र बाँकेमा भएका छुट्टाछुट्टै घटनामा ४ जनको मृत्यु भएको छ । भने २ जना घाइते भएको प्रहरीले जनाएको छ ।

रुकुमपश्चिम सानोभेरी गाउँपालिका–११ स्थित अर्मा पाखा भन्ने स्थानमा ग १ ज ४४५४ नम्बरको जिप सडकबाट खस्दा आइतबार बिहान १ जनाको घटनास्थलमै मृत्यु भएको छ । उनको नाम ठेगान खुल्न सकेको छैन । दुर्घटनामा घाइते भएका जिप चालकसहित २ जनालाई उपचारका लागि मिसन अस्पताल चौरजहारी पठाइएको प्रहरीले जनाएको छ ।

बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–१ चप्परगौडीस्थित सडकमा लु ३ च ८८७ नम्बरको कारको ठक्करबाट पैदलयात्री स्थानीय बस्ने ११ वर्षीया मेनुका बिकको मृत्यु भएको छ । ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, रुपन्देहीको बुटवलमा  डुबेर एक जनाको मृत्यु भएको छ भने बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–११ मझुवा बस्ने बिमल क्षेत्रीको ५ वर्षीय छोरा बिक्रम क्षेत्रीको तिनाउ खोलामा डुबेर मृत्यु भएको छ ।

बाँके जिल्लाको वैजनाथ गाउँपालिका–४ बानियाभार बस्ने ४९ वर्षीय रोहिणी देवी वलीको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा राइस कुकरमा खाना पकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका वलीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप