जिराको बेफाइदा : मिर्गौला र कलेजोमा असर
विशेषगरी मसलाको रुपमा प्रयोग हुने जिराका धेरै फाइदाहरु छन् । यसलाई बटरमिल्क, दाल, सलाद आदि खानेकुरामा पनि प्रयोग गर्ने गरिन्छ । यसले खानाको स्वाद पनि बढाउँछ । तर, धेरै मात्रामा जिराको सेवन घातक मानिन्छ ।
छाती पोल्ने
जिराले पेटमा हुने ग्यासको समस्या कम गर्न मद्दत गर्छ । तर, यसले छाती पोल्ने समस्या पनि पैदा गर्छ । जिराले तीव्र गतिमा ग्यास निकाल्ने काम गर्ने भएकाले मानिसहरुमा छाती पोल्ने समस्या हुन्छ । भने, कहिलेकाँही डकार पनि आउने गर्छ ।
मिर्गौला
जिरामा हुने तेल अत्यधिक वाष्पशील हुन्छ । त्यसैले यसको धेरै सेवन गर्दा मिर्गौला र कलेजो खराब हुने सम्भावना बढ्छ । तर, यो समस्या लामो समयसम्म लगातार जिराको सेवन गर्दा मात्रै हुने चिकित्सकहरु बताउँछन् । त्यसैले जिराको सेवन उचित मात्रामा गर्नुपर्छ ।
नार्कोटिक इफेक्ट
जिराको अत्यधिक सेवनले मेन्टल क्लाउडिङ, धेरै निन्द्रा लाग्ने र शरीर बेचैन हुने जस्ता समस्या आउँछ ।
रक्तचाप कम हुन्छ
धेरै जिराको सेवनले रक्तचाप निकै कम भइदिन्छ । त्यसैले रगतमा चिनीको मात्रा नियन्त्रण गर्नका लागि जिराको सेवन गर्दा सही मात्रामा गर्नुपर्छ । यदि शल्यक्रिया गर्दै हुनुहुन्छ भने दुई हप्ताअगाडि नै जिराको सेवन गर्न छोड्नुपर्छ ।
गर्भवती वा स्तनपान गराउने महिला
जिरालाई गर्भवती वा स्तनपान गराउने महिलाले औषधिको रुपमा प्रयोग गर्नुहुँदैन ।