भद्रकालीमा भारतीय नम्बरको गाडीको ठक्करबाट एकजना घाइते
सोमबार, ०१ कात्तिक २०७८, २० : १९
काठमाडौंको भद्रकालीस्थित जंगी अड्डा नजिक भारतीय नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक महिला घाइते भएकी छन् । बाग्मती प्रदेश ०२–०१९ प ७५७९ नम्बरको मोटरसाइकलमा सवार संगीता अधिकारी घाइते भएकी हुन् ।
सोमबार साँझ बिआर–४२६८ नम्बरको गाडीले सो मोटरसाइकललाई ठक्कर दिएर भागेको थियो । भद्रकालीमा दुर्घटना गराएर भागेको सवारी र चालकलाई कोटेश्वरबाट नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव शर्मा दासले रातोपाटीलाई बताए । मोटरसाइकल पछाडि बसेकी अधिकारीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।