धरानमा पहिरोले पुरिएर दुई बालबालिकाको निधन
मङ्गलबार, ०२ कात्तिक २०७८, १८ : ०३
सुनसरीको धरानमा पहिरोले घर पुरिँदा दुईजना बालबालिकाको निधन भएको छ । पहिरोमा परेर धरान उपमहानगपालिका–१३ स्थित नागेश्वर मार्ग बस्ने ८ वर्षीया निसु राई र ४ वर्षका निहानको मृत्यु भएको धरानका डिएसपी नरेन्द्र कुवरले रातोपाटीलाई बताए ।
अविरल वर्षासँगै मंगलबार दिउँसो पहिरो खस्दा घरमाथिको पर्खाल खसेर स्थानीय निशान राईको घर पुरेको थियो । मृतक बालबालिका निशान राईकी छोरी र छोरा हुन् । मृतक बालबालिकाको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।