एमाले वडा अधिवेशन : काठमाडौंमा सर्वसम्मत नेतृत्व चयन
शनिबार, ०६ कात्तिक २०७८, १९ : ३०
नेकपा एमाले काठमाडौ जिल्लाका वडाहरूमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । जिल्लाका काठमाडौं महानगरपालिकासहित १० नगरपालिकाका सबै वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका सचिव दिपक निरौलाले जानकारी दिए ।
जिल्लाका दक्षिणकाली र बुढानिलकण्ठ नगरपालिकामा निर्वाचित पदाधिकारीहरूको नाम समेत सार्वजनिक भइसकेको निरौलाले बताएका छन् । काठमाडौं महानगरपालिका र अन्य नगरपालिकाका वडामा निर्वाचित पदाधिकारीहरूको नाम सार्वजनिक हुने तयारी भैरहेको निरौलाले बताएका छन् । शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर एकसाथ वडा अधिवेशनको उद्घाटन गरेका थिए ।