मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मोरङमा मोदी, शेखर, लालबाबु र मिनेन्द्र : कसको अवस्था कस्तो छ ?

आइतबार, १९ कात्तिक २०७४, १२ : ५३
आइतबार, १९ कात्तिक २०७४

काठमाडौँ । मोरङमा दोस्रो चरणमा आगामी मङ्सिर २१ गते प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । यहाँ प्रतिनिधि सभा निर्वाचनका लागि ६ क्षेत्र रहेका छन् भने जिल्लामा कूल ६ लाख ४४ हजार ७ सय ८५  मतदाता छन् ।

काङ्ग्रेसको आधार क्षेत्र रहेको मोरङमा एमाले र माओवादी केन्द्रले तालमेल गरेर चुनावी मैदानमा होमिएपछि नेपाली काङ्ग्रेसको साइज घट्ने अनुमान गरिएको छ ।

मोरङ क्षेत्र नं. १ : घनश्याम खतिवडा र डिकबहादुर लिम्बुको प्रतिष्पर्धा

मोरङ क्षेत्र नं. १ मा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका घनश्याम खतिवडा, नेपाली काङ्ग्रेसका डिकबहादुर लिम्बु र सङ्घीय समाजवादी फोरमका देवेन्द्र श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र नंं. १ मा १ लाख ७ हजार २ सय ३५ मतदाता रहेका छन् ।

गत स्थानीय तहको निर्वाचनका विभिन्न राजनीतिक दलले स्थानीय तह प्रमुख र वडा अध्यक्षले पाएको मतका आधारमा मोटोमोटी रूपमा दलहरूको अवस्था बुझ्ने प्रयास गरेका छौँ । क्षेत्र नं. १ मा नेपाली काङ्ग्रेसले  २७ हजार ६ सय ९७ मत पाएको थियो । यस्तै नेकपा एमालेले २५ हजार ६ सय ४४, माओवादी केन्द्रले ७ हजार ४ सय १९, नयाँ शक्तिले ३७, राप्रपाले ४ सय ९५, फोरम लोकतान्त्रिकले ३८ र सङ्घीय समाजवादी फोरमले ६३ मत पाएको थियो ।

यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ३३ हजार ६३ मत छ ।  यहाँ नेपाली काङ्ग्रेसले प्राप्त गरेको मतभन्दा ५ हजार ३ सय ६६ हाराहारी मतले बाम गठबन्धन अगाडि रहेको छ ।

मोरङ क्षेत्र नं. २ : पूर्व मन्त्री मिनेन्द्र रिजाल र ऋषिकेश पोखरेलको भिडन्त
आगामी निर्वाचनका लागि मोरङ क्षेत्र नं. २ मा १ लाख ११ हजार ३ सय २१ मतदाता रहेका छन् । यो निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट एमालेका ऋषिकेश पोखरेल, नेपाली काङ्ग्रेसका मिनेन्द्रप्रसाद रिजाल र सङ्घीय समाजवादी फोरमका युवराज कार्कीबीच प्रर्तिष्पर्धा हुँदैछ ।
गत स्थानीय तहको निर्वाचनमा मोरङ २ मा मोटामोटी रूपमा नेपाली काङ्ग्रेसले २२ हजार ९ सय ८०, नेकपा एमालेले १९ हजार १७, माओवादी केन्द्रले १२ हजार २ सय ८२, नयाँ शक्तिले ४ सय ४९, राप्रपाले २ हजार ७ सय ९, फोरम लोकतान्त्रिकले ७ सय ९१ र सङ्घीय समाजवादी फोरमले ३ हजार ६ सय ५३ मत ल्याएको थियो ।
यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ३१ हजार २ सय ९९ मत रहेको छ । नेपाली काङ्ग्रेसको मतमा फोरम लोकतान्त्रिकले पाएको मत मिसाउँदा २३ हजार ७ सय ७१ हुन्छ, जुन वाम गठबन्धनको मतभन्दा १० हजार २ सय ३७ कम हो । यस आधारमा हेर्दा मोरङ क्षेत्र नं. २ मा वाम गठबन्धनलाई पराजित गर्न नेपाली काङ्ग्रेसलाई कठिन पर्ने देखिन्छ  ।

मोरङ क्षेत्र नं. ३ :  भानुभक्त ढकाल र सुनिल शर्माको प्रतिस्पर्धा
मोरङ क्षेत्र नं.३ मा आगामी निर्वाचनका लागि १ लाख २७ हजार ४ सय ९६ मतदाता रहेका छन् । वाम गठबन्धनबाट एमालेका भानुभक्त ढकाल, नेपाली काङ्ग्रेसका सुनिलकुमार शर्मा र सङ्घीय समाजवादी फोरमका लोक सागर साँवा बीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।

गत स्थानीय तहको निर्वाचनका मोरङ क्षेत्र नं. ३ बाट मोटामोटी रूपमा नेपाली काङ्ग्रेसले २२ हजार ६ मत पाएको थियो भने नेकपा एमालेले २९ हजार १ सय ७३, माओवादी केन्द्रले १३ हजार ४ सय ९८, नयाँ शक्तिले ७ सय १०, राप्रपाले ५ सय ३५, सङ्घीय समाजवादी फोरमले ३५ र फोरम लोकतान्त्रिकले ११ सय २ मत पाएको थियो ।

यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ४२ हजार ६ सय ७१ मत रहेको छ । जुन नेपाली काङ्ग्रेसले पाएको मत भन्दा २० हजार ६ सय ६५ मत धेरै देखिन्छ । स्थानीय तहमा राजनीतिक दलले पाएको मत प्रतिनिधि सभा निर्वाचनका बेला केही फरक परे पनि यहाँ वाम शक्ति नै बलियो हुने देखिएको छ  ।

मोरङ क्षेत्र नं. ४ :  महेश आर्चाय र मोदीको भिडन्त

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मोरङ क्षेत्र नं.४ मा ९९ हजार १ सय २४ मतदाता रहेका छन् । यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अमनलाल मोदी, नेपाली काङ्ग्रेसका महेश आर्चाय र सङ्घीय समाजवादी फोरमका तर्फबाट लोक सागर साँवा चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा प्रमुख तथा वडाध्यक्षहरूले पाएको मतका आधारमा क्षेत्र नं। ४ मा मोटामोटी रूपमा नेपाली काङ्ग्रेसले १७ हजार १, नेकपा एमालेले १७ हजार ९ सय ३३, माओवादी केन्द्रले ६ हजार १ सय ३१, राप्रपाले १६ सय ३, फोरम लोकतान्त्रिकले ८ हजार २ सय १ र सङ्घीय समाजवादी फोरमले ४ हजार २ सय २८ मत पाएको थियो । यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा २४ हजार ६४ मत देखिन्छ ।  यस्तै  हालसालै नेपाली कांग्रेसमा बिलय भएको फोरम लोकतान्त्रिकले पाएको मत  नेपाली कांग्रेसले पाएको मतमा मिसाँउदा २५ हजार २ सय २ हुन्छ ।  अर्थात यहाँ नेपाली कांग्रेस ११ सय ३८ मतले अगाडि देखिन्छ । यहाँ राप्रपाले १२ सय ३ मत ल्याएको थियो । लोकतान्त्रिक गठबन्धनमा समेत रहेको राप्रपाको मत नेपाली कांग्रेसलाई जाने हो भने बाम गठबन्धन २ हजार हाराहारी मतले पछि पर्ने देखिन्छ । 

मोरङ क्षेत्र नं. ५ : विनाविभागीय मन्त्री मण्डल र अमृत अर्यालको प्रतिस्पर्धा
आगामी निर्वाचनका लागि मोरङ क्षेत्र नं. ५ मा ८९ हजार २ सय ८७ मतदाता रहेका छन् । वाम गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डल, नेपाली काङ्ग्रेसका तर्फबाट अमृतकुमार अर्याल र सङ्घीय समाजवादी फोरमबाट राजकुमार यादव प्रतिस्पर्धामा छन् ।

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रबाट नेपाली काङ्ग्रेसले १३ हजार ७ सय ३०, नेकपा एमालेले १० हजार ४ सय ९३, माओवादी केन्द्रले १० हजार २ सय २३, नयाँ शक्तिले ६७, राप्रपाले १ हजार ३ सय १७, फोरम लोकतान्त्रिकले २ हजार ४ सय ६५ र सङ्घीय समाजवादी फोरमले १४ हजार १ सय ८ मत पाएको थियो ।
यस आधारमा हेर्दा यो क्षेत्रमा वाम गठबन्धनको पक्षमा २० हजार ७ सय १६ मत रहेको छ भने नेपाली काङ्ग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा १६ हजार १ सय ९५ मत पाएको थियो जुन वाम गठबन्धनको भन्दा ४ हजार ५ सय २१ मत कम हो ।

मोरङ क्षेत्र नं. ६ : पूर्वमन्त्री लालबाबु पण्डित र शेखर कोइरालाको लडाइँ

यो निर्वाचन क्षेत्रमा आगामी निर्वाचनका लागि १ लाख १० हजार ३ सय २२ मतदाता रहेका छन् । यहाँ वाम गठबन्धनबाट एमालेका लालबाबु पण्डित र नेपाली काङ्ग्रेसबाट डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । पण्डित पूर्व सामान्य प्रशासन मन्त्री हुन भने कोइराला नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य हुन् ।

गत स्थानीय तहको निर्वाचनमा मोरङ क्षेत्र नं. ६ मा नेपाली काङ्ग्रेसले १९ हजार ८ सय २, नेकपा एमालेले १८ हजार १ सय ६८, माओवादी केन्द्रले ८ हजार ६८, राप्रपाले २ हजार ५ सय ९९, फोरम लोकतान्त्रिकले ८ हजार १ सय ९६ र सङ्घीय समाजवादी फोरमले ४ हजार ६ सय ७७ मत पाएका थिए ।

यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा २६ हजार २ सय ३६ मत रहेको छ भने नेपाली काङ्ग्रेस फोरम लोकतान्त्रिकले पाएको मत हिसाब गर्दा २७ हजार ९ सय ९८ मत रहेको छ । यस आधारमा यहाँ वाम गठबन्धनभन्दा नेपाली काङ्ग्रेस १७ सय ६२ मतले अगाडि रहेको छ । लोकतान्त्रिक गठबन्धनमा रहेको राप्रपाको २५ सय ९९ मत छ ।  

स्थानीय तहमा पाएको मतका आधारमा मोरङ क्षेत्र नं. ६ मा नेपाली काङ्ग्रेस र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने आंकलन गर्न सकिन्छ । 

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

प्रदेश ७ का १५ निर्वाचन क्षेत्रमा यस्तो छ चुनावी अंकगणित

यी महिला जसलाई नयाँ शक्ति र एमाले दुवैले समानुपातिक सूचिमा राखे

निर्वाचन आयोगद्वारा समानुपातिक सूची सार्वजनिक, को-को अटाए ? (पूर्ण सूचीसहित)

बामगठबन्धनमा आफन्तै प्यारो, को–को आफन्तले पाए टिकट ?

महतोको धनुषा मोह : चार वर्षको योजना तर, टक्ला ‘देब्रे’ !

प्रतिनिधि सभाका १२८ सिटमा यी हुन् बाम, काँग्रेस र राजपा/फोरम गठबन्धनका उम्मेदवारहरु

प्रमुख दलका ‘हेभीवेट’ नेताले यसरी गरे उम्मेदवारी दर्ता

उपेन्द्र यादवले किन सार्वजनिक गर्न लगाए आफ्नो नागरिकता ?

भारतीय दूतावासले धेरै कोशिष गर्दा पनि किन बनेन लोकतान्त्रिक गठबन्धन ?

यस्तो छ बामगठबन्धनको संयुक्त निर्वाचन घोषणापत्र (पूर्णपाठ)

अन्ततः हुने नै भयो राजेन्द्र महतो र विमलेन्द्र निधिबीच चुनावी टक्कर

झापा ३ को अंकगणित : सिटौला र लिङदेनको मतान्तर २३ हजार !

केपी ओलीको गृहजिल्ला झापाको यस्तो छ चुनावी अंकगणित

यी हुन् प्रत्यक्षमा लड्ने माओवादी केन्द्रका प्रतिनिधिसभाको ५९ जना र प्रदेशसभाकालागि ९७ अनुहार (हेर्नुहोस् नामावलीसहित)

दोस्रो चरणमा प्रदेश नं. १ का ४ जिल्लामा यस्तो छ दलहरूको अवस्था

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

पहिलो चरणको चुनाव : प्रतिनीधिसभाका यी १८ क्षेत्रमा छ १० हजार बढी मतको फरक

पाँच हजार बढी मतसहित बामगठबन्धन यी निर्वाचन क्षेत्रमा अगाडि

१११ प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि ७०२ को  भिडन्त

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका ३७ क्षेत्रमा काँग्रेसमाथि ठूलो दवाव (यस्तो छ मतको अंकगणित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप