संसारभरी फैलिएको छ रजनीकान्तको सम्पत्ति, कुनै राजमहलभन्दा कम छैन चेन्नईमा भएको यो बंगला
भारतका सुपरस्टार भनिने रजनीकान्त जति आफ्ना फिल्मका लागि परिचित छन् उनी आफ्ना प्रशंसकबीच परिवारलाई अत्यधिक महत्व दिने व्यक्तिको रुपमा पनि चिनिन्छन् । राजनीकान्तका लागि अब दादासाहेब फाल्के पुरस्कारको घोषणा गरिएको छ ।
यहाँ आज हामी उनको निवासबारे विशेष चर्चा गर्दैछौं । हुन त रजनीकान्तको सम्पत्ति संसारभरी फैलिएको छ तर उनी आफ्नो परिवारसँग चेन्नईको पोज गार्डेनमा बस्छन् ।
रजनीकान्त र उनको परिवारका सदस्यले समय समयमा पोस्ट गर्ने तस्बिरमा रजनीकान्तको घरको इन्टेरियरदेखि फर्निचरसम्मका हरेक कुरा निकै विशेष भएको देख्न सक्नुहुन्छ ।
रजनीकान्त हरेक चाडपर्व आफ्नो घरमा पूरा परिवारसँग मनाउने गर्छन् ।
घरमा सबैभन्दा धेरै सेतो रङ प्रयोग गरिएको छ । यो रङले घरलाई थप उत्कृष्ट देखाउन मद्दत गरेको छ ।
यसका साथै घर बाहिर चारैतिर हरियाली देख्न पाइन्छ ।
रजनीकान्तको घरमा यति धेरै खाली ठाउँ छ कि यहाँ ठूलाभन्दा ठूला बैठक निकै सजिलै आयोजना गर्न सकिन्छ ।
यसका साथै, घरलाई हरेक चाडपर्वमा निकै शानदार तरिकाले सजाइन्छ ।
रजनीकान्तकी छोरी सौन्दर्याले धेरैजसो आफ्नो घर र परिवारका सदस्यसँग फोटो सेयर गरिरहन्छिन् । यसमार्फत् पनि उनको घरको झलक देख्न पाइन्छ ।
६७ वर्षको उमेरमा पनि रजनीकान्त फिल्ममा लगातार सक्रिय छन् र प्रशंसकलाई लगातार मनोरञ्जन दिइरहेका हुन्छन् ।
रजनीकान्तको जन्म १२ डिसेम्बर सन् १९५० को मैसुर बेंगलुरुको एक मराठी परिवारमा भएको हो ।
रजनीकान्तका पिता प्रहरी अधिकारी थिए । उनको वास्तविक नाम शिवाजी राव गायकवाड हो ।
केही दिन अघि चेन्नईमा आएको आँधीपछि सौन्दर्याले घर बाहिरको यो तस्बिर सेयर गरेकी थिइन् ।