शाहरुख खानदेखि अक्षय कुमारसम्म : बलिउडका यी सेलिब्रिटीको कमाई सुनेर दङ्गै पर्नुहुनेछ
बलिउडका थुप्रै ठूला सेलिब्रिटी फिल्मका लागि मोटो रकम लिने गर्छन् । यी सेलिब्रिटीका प्रशंसकलाई उनीहरुले आफ्नो कामका लागि आखिर कति पैसा लिन्छन् भन्ने चासो हुन्छ । यदि पछिल्ला केही रिपोर्टलाई हेर्ने हो भने शाहरुख खान, अक्षय कुमार र सलमान खान कमाईको मामिलामा अन्य ठूला अभिनेतामाथि भारी पर्छन् । आउनुहोस्, आज ती सेलिब्रिटीबारे जानकारी लिऔं जो कमाईको मामिलामा शीर्ष स्थानमा छन् ।
१. शाहरुख खानः
शाहरुख अभिनयमार्फत् मात्रै कमाउँदैनन् । उनको रेड चिली इन्टरटेनमेन्ट नामको प्रोडक्सन कम्पनी पनि छ जसले थुप्रै सफल फिल्मको निर्माण गरिसकेको छ । मिडिया रिपोर्टका अनुसार शाहरुखले आफ्नो आउँदो चलचित्र पठानका लागि लगभग ९७ करोड भारु पारिश्रमिक लिएका छन् ।
२. अक्षय कुमारः
यी अभिनेता फोर्ब्सको सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको सूचीमा समावेश थिए । अक्षयको पनि एउटा प्रोडक्सन कम्पनी छ ।
३. सलमान खानः
मिडिया रिपोर्टका अनुसार सलमानको सन् २०१७–१८ मा कूल सम्पत्ति ४० मिलियन डलर थियो । सलमानले आफ्नो प्रोडक्सन कम्पनी ‘सलमान खान फिल्म्स’ मार्फत् करोडौं कमाउँछन् ।
४. अमिताभ बच्चनः
अमिताभ बच्चनले बलिउडका थुप्रै सुपरहिट फिल्ममा काम गरेका छन् । उनी टिभीमा पनि सक्रिय छन् । मिडिया रिपोर्टका अनुसार मुम्बईमा उनका पाँच बंगला छन् । उनीसँग दुईवटा विलासी फ्ल्याट पनि छन् । अमिताभ बच्चन एउटा ब्रान्डको विज्ञापनका लागि ५ देखि ६ करोड पारिश्रमिक लिने गर्छन् ।
५. आमिर खानः
आमिरले सन् २०१६ मा रिलिज भएको ‘दंगल’ बाट असाध्यै कमाएका थिए । मिडिया रिपोर्टका अनुसार उनले ‘सिक्रेट सुपरस्टार’ र ‘पिके’ बाट पनि सयौं करोड भारु कमाएका थिए ।
६. कमल हसनः
कमलले चाची ४२० जस्ता फिल्ममा उत्कृष्ट भूमिका निभाएका छन् । मिडिया रिपोर्टका अनुसार जब अभिनेताले सन् २०१७ मा टिभी शो ‘बिग बस’ को तमिल संस्करणलाई प्रस्तुत गरेका थिए तब उनले लगभग १५ करोड भारु दिइएको थियो ।
७. शाहिद कपुरः
फिल्म ‘कबिर सिंह’ को रिलिजपछि शाहिदको माग अत्यधिक बढेको छ । मुम्बईमा उनका दुई विलासी घर छन् जसको मूल्य करिब ३० करोड भारु अनुमान गरिएको छ ।
८. ऋतिक रोशनः
ऋतिक आफ्नो आउँदो फिल्म ‘रामायण’ मा विशेष भूमिका निभाइरहेका छन् । मिडिया रिपोर्टका अनुसार उनले यो फिल्मका लागि लगभग ७४ करोड भारु पारिश्रमिकको रुपमा लिएका छन् ।
९. रणबीर कपुरः
रणबीर कपुरको पनि फिल्म ‘रामायण’ मा भूमिका छ । उनलाई पनि लगभग ७४ करोड भारु पारिश्रमिकको रुपमा दिइएको छ ।