आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महिलालाई जबर्जस्ती यौन शोषण गरेको आरोपमा २ जना पक्राउ

सोमबार, ०८ कात्तिक २०७८, २० : ३४
सोमबार, ०८ कात्तिक २०७८

पोखरामा महिलालाई जबर्जस्ती यौन शोषण गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पोखरा लेकसाइडस्थित एक होटलमा महिलालाई काममा लगाइदिने भन्दै ललाई फकाई, प्रलोभनमा पारी डर त्रास देखाएर यौन शोषण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा –१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा जिल्ला कोल्बी नगरपालिका–१ कोल्बी घर भएका २६ वर्षीय ऋषि भट्टराई रहेका छन् । महिलालाई यौन शोषण गर्न वाध्य पारेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले बताए ।

पक्राउ परेका दुवै जनामाथि मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट दश दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको डिएसपी हमालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप