मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विजय गच्छदार, अशोक राई र ज्ञानेन्द्र कार्कीको चुनावी क्षेत्रमा यस्तो छ मतको अङ्कगणित

आइतबार, १९ कात्तिक २०७४, १४ : ५४
आइतबार, १९ कात्तिक २०७४

सुनसरीमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ४ र प्रदेश सभा निर्वाचनका लागि ८ निर्वाचन क्षेत्र रहेका छन् भने जिल्लामा कूल ४ लाख ७४ हजार ३ सय मतदाता रहेका छन् । काङ्ग्रेसको बलियो पकड रहेको सुनसरीमा यसपटक वाम तालमेलपछि फरक नतिजा आउने अनुमान गरिएको छ । सुनसरीमा हालै नेपाली काङ्ग्रेसमा प्रवेश गरेका सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, सङ्घीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राई, अर्थ मन्त्रीसमेत रहेका नेपाली काङ्ग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की लगायतका हेभीवेट नेताहरू चुनावी मैदानमा छन् ।   

स्थानीय तहमा दलहरूले प्राप्त गरेको मतका आधारमा सुनसरीका ४ निर्वाचन क्षेत्रमध्ये ३ निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धन अगाडि रहेको छ । सुनसरी क्षेत्र नं. १ मा मात्र वाम गठबन्धन अगाडि रहेको छ । 

सुनसरी क्षेत्र नं. १ 
सुनसरी क्षेत्र नं. १ मा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख २२ हजार ६ सय ८ मतदाता रहेका छन् । वाम गठबन्धनबाट एमालेका जय राई र सङ्घीय समाजवादी फोरमबाट अशोककुमार राईबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ नेपाली काङ्ग्रेस र सङ्घीय समाजवादी फोरम नेपालले चुनावी तालमेल गरेका कारण नेपाली काङ्ग्रेसले उम्मेदवार उठाएको छैन ।  

गत स्थानीय तहको निर्वाचनमा सुनसरी १ मा काङ्ग्रेसले २३ हजार २४, एमालेले ३० हजार १ सय ३८, माओवादी केन्द्रले १२ हजार ७ सय ४०, नयाँ शक्तिले ५ हजार ५ र राप्रपाले ५ सय ८७ मत पाएको थियो ।

यहाँ वाम गठबन्धनको पक्षमा ४२ हजार ८ सय ७८ मत देखिन्छ, जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा १९ हजार ८ सय ५४ बढी मत हो । यहाँ स्थानीय तहको निर्वाचनमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिले चुनावी तालमेल गरी ५ हजार ५ मत पाएका थिए । यो मत नेपाली काङ्ग्रेसले पाएको मतमा मिलाउने हो भने २८ हजार २९ मत हुन्छ । यो मत जोड्दा पनि लोकतान्त्रिक गठबन्धन वाम गठबन्धनभन्दा १४ हजार ८ सय ४९ पछाडि परेको छ । स्थानीय तहको चुनावमा आधारमा सङ्घीय समाजवादी फोरमका नेता अशोककुमार राईले सहजै जित निकाल्न सकिने अवस्था देखिँदैन । 

सुनसरी क्षेत्र नं. २ 
आगामी निर्वाचनका लागि सुनसरी क्षेत्र नं. २ मा १ लाख ३० हजार ३ सय ७० मतदाता रहेका छन् । यो निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट माओवादी केन्द्रका डम्बर सुवेदी, नेपाली काङ्ग्रेसका सीताराम मेहता र सङ्घीय समाजवादी फोरमका तेजनारायण चौधरी चुनावी मैदानमा छन् । 

गत स्थानीय तहको निर्वाचनमा सुनसरी २ बाट मोटामोटी रूपमा नेपाली काङ्ग्रेसले २७ हजार ८ सय ५९, नेकपा एमालेले २८ हजार ९ सय ४०, माओवादी केन्द्रले ४ हजार ६ सय ३९, नयाँ शक्तिले ४ सय ४, राप्रपाले १२ सय ७६, फोरम लोकतान्त्रिकले ५ हजार ७ सय २८ र सङ्घीय समाजवादी फोरमले ४ हजार ६ सय २२ मत पाएको थियो । 

यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ३३ हजार ६ सय ७९ मत छ । यस्तै नेपाली काङ्ग्रेस र फोरम लोकतान्त्रिकको मत मिसाउँदा ३३ हजार ५ सय ८७ मत हुन्छ । यहाँ राप्रपाले पाएको १२ सय ७६ र नयाँ शक्तिले पाएको मत नेपाली काङ्ग्रेसमा मिसाउने हो भने वाम गठबन्धनभन्दा नेपाली काङ्ग्रेस १५ सय ८८ मतले अगाडि देखिन्छ । यसआधारमा भन्नुपर्दा यहाँ वाम गठबन्धन र नेपाली काङ्ग्रेसबीच कडा टक्कर पर्नेछ ।  
  
सुनसरी क्षेत्र नं. ३ 
अगाामी निर्वाचनका लागि सुनसरी क्षेत्र नं. ३ मा १ लाख ९ हजार ८ सय ४१ मतदाता छन् । यो क्षेत्रमा वाम गठबन्धनबाट एमालेकी भगवती चौधरी र काङ्ग्रेसका नेता एवं मन्त्री विजयकुमार गच्छदारबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । 

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा काङ्ग्रेसले २१ हजार ५ सय ७७, एमालेले २० हजार २७, माओवादीले ५ हजार ९ सय ९३, राप्रपाले १८ सय ८९, फोरम लोकतान्त्रिकले १७ हजार ६ सय ७३ र सङ्घीय समाजवादी फोरमले ३ हजार ४ सय २७ मत पाएको थियो । 

यसआधारमा हेर्दा यहाँ वाम गठबन्धनको पक्षमा २६ हजार २० मत छ भने नेपाली काङ्ग्रेसको पक्षमा ३९ हजार २ सय ५० मत देखिन्छ । अर्थात यहाँ नेपाली काङ्ग्रेसको पक्षमा १३ हजार २ सय ३० मत रहेको छ । 

सुनसरी ४ 
सुनसरी क्षेत्र नं. ४ मा १ लाख ११ हजार ४ सय ८१ मतदाता छन् । यहाँ आगामी प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका रमेश श्रेष्ठ, नेपाली काङ्ग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र फोरम लोकतान्त्रिकका महेन्द्र यादव चुनावी प्रतिस्पर्धामा छन् । 

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा मोटामोटी रूपमा काङ्ग्रेसले २१ हजार २ सय ३३, एमालेले १८ हजार ३ सय २२, माओवादीले ४ हजार २ सय ६, राप्रपाले ११ सय ७०, फोरम लोकतान्त्रिकले ३ हजार ६ सय ६७ र सङ्घीय समाजवादी फोरम नेपालले ८ हजार ९ सय १७ मत पाएको थियो । 

यसअनुसार यहाँ वाम गठबन्धनको पक्षमा २२ हजार ५ सय २८ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २४ हजार ९ सय मत रहेको छ । यहाँ राप्रपाले पाएको मत नेपाली काङ्ग्रेसतिर जाने हो भने नेपाली काङ्ग्रेस वाम गठबन्धनभन्दा थोरै बलियो हुने देखिएको छ । 

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

प्रदेश ७ का १५ निर्वाचन क्षेत्रमा यस्तो छ चुनावी अंकगणित

यी महिला जसलाई नयाँ शक्ति र एमाले दुवैले समानुपातिक सूचिमा राखे

निर्वाचन आयोगद्वारा समानुपातिक सूची सार्वजनिक, को-को अटाए ? (पूर्ण सूचीसहित)

बामगठबन्धनमा आफन्तै प्यारो, को–को आफन्तले पाए टिकट ?

महतोको धनुषा मोह : चार वर्षको योजना तर, टक्ला ‘देब्रे’ !

प्रतिनिधि सभाका १२८ सिटमा यी हुन् बाम, काँग्रेस र राजपा/फोरम गठबन्धनका उम्मेदवारहरु

प्रमुख दलका ‘हेभीवेट’ नेताले यसरी गरे उम्मेदवारी दर्ता

उपेन्द्र यादवले किन सार्वजनिक गर्न लगाए आफ्नो नागरिकता ?

भारतीय दूतावासले धेरै कोशिष गर्दा पनि किन बनेन लोकतान्त्रिक गठबन्धन ?

यस्तो छ बामगठबन्धनको संयुक्त निर्वाचन घोषणापत्र (पूर्णपाठ)

अन्ततः हुने नै भयो राजेन्द्र महतो र विमलेन्द्र निधिबीच चुनावी टक्कर

झापा ३ को अंकगणित : सिटौला र लिङदेनको मतान्तर २३ हजार !

केपी ओलीको गृहजिल्ला झापाको यस्तो छ चुनावी अंकगणित

यी हुन् प्रत्यक्षमा लड्ने माओवादी केन्द्रका प्रतिनिधिसभाको ५९ जना र प्रदेशसभाकालागि ९७ अनुहार (हेर्नुहोस् नामावलीसहित)

दोस्रो चरणमा प्रदेश नं. १ का ४ जिल्लामा यस्तो छ दलहरूको अवस्था

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

पहिलो चरणको चुनाव : प्रतिनीधिसभाका यी १८ क्षेत्रमा छ १० हजार बढी मतको फरक

पाँच हजार बढी मतसहित बामगठबन्धन यी निर्वाचन क्षेत्रमा अगाडि

१११ प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि ७०२ को  भिडन्त

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका ३७ क्षेत्रमा काँग्रेसमाथि ठूलो दवाव (यस्तो छ मतको अंकगणित)

मोरङमा मोदी, शेखर, लालबाबु र मिनेन्द्र : कसको अवस्था कस्तो छ ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप