मखमली टिप्न भ्याइनभ्याइ (फोटो)
बुधबार, १० कात्तिक २०७८, १० : २४
तिहार आउन एक हप्ता मात्र बाँकी रहँदा भक्तपुर गुण्डुका किसान यतिबेला निकै व्यस्त छन्। बिहानै उठेर किसानहरू आफ्नो खेतमा पुगेर फूल टिप्न भ्याइनभ्याइ देखिन्छन् । बिहानै फूल टिपेर उनीहरू दिनभर माला उन्ने गरेका छन्। यसरी उनिएको माला व्यापारीले घर–घर आएर किनेर लैजाने गरेका छन्। अघिल्ला वर्ष महामारीका कारण प्रभावित भएकोमा यो वर्ष किसानहरूले राम्रो व्यापार हुने आशा राखेका छन् । हेरौँ तस्बिरहरू :