सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आँखा लेन्स उत्पादन गर्ने सरकारी योजना कहाँ पुग्यो ?

आइतबार, १९ कात्तिक २०७४, १६ : २४
आइतबार, १९ कात्तिक २०७४

काठमाडौं– तत्कालिन उद्योग मन्त्री नविन्द्रराज जोशीले तिलगंगा आँखा अस्पतालले उत्पादन गर्दे आएको आखाँको लेन्स उत्पादन कार्यक्रमलाई उद्योगको रुपमा संचालन गर्ने घोषणा गरेका थिए । 

तत्कालिन मन्त्री जोशीले यो घोषणा गरेको ६ महिना बित्यो, यो विचमा मन्त्री पनि परिवर्तन भए । तर, सरकारकै मन्त्रीले गरेको घोषणाको कार्यन्वयनमा भने कुनै प्रगति भएको छैन । 

मन्त्रीले घोषणा गरेको ६ महिनापछि उद्योग मन्त्रालयले तिलगंगा आँखा अस्पताल व्यवस्थापन समितिसमक्ष भर्खरमात्र कागजपत्र मागेको छ । उद्योग मन्त्रालयले आँखा लेन्स उत्पादन कार्यक्रमलाई उद्योगका रुपमा संचालन गर्न असार मसान्त अर्थात आर्थिक वर्षको अन्तिमसम्म समय रहेको बताएको छ । 

यस कार्यक्रमका लागि सरकारले आर्थिक वर्ष २०७४/०७५ मा १० करोड बजेट विनियोजन गरेको थियो । यो बजेटअसार मसान्त सम्ममा आँखा लेन्सलाई उद्योगको रुपमा संचालन गरिसक्नुपर्नेछ । तर, बजेट विनियोजन गरेको ५ महिनासम्म पनि काम भने सुरु नै भएको छैन । 

उद्योग मन्त्रालयको भनाईलाई नै आधार मान्ने हो भनेपनि अवको ६ महिनामा आखाँ लेन्स उत्पादन कार्यक्रम उद्योगको रुपमा संचालन गरिसक्नुपर्नेछ । उद्योग मन्त्रालयका अनुसार अबको मन्त्रिपरिषद बैठकले यो कार्यक्रम अगाडि बढाउने निर्णय गरेपछि काम सुरु हुनेछ । 

उद्योगको रुपमा संचालन भएपछि मन्त्रालयले मोतिविन्दु रोगको शल्यकृया गरी प्रत्यारोपण, कृतिम लेन्सको उत्पादन,  तथा कच्चा पदार्थ समेतको उत्पादन गर्न समन्वय गर्नुपर्नेछ ।  तिलगंगा अस्पतालले अहिले वार्षिक ५ लाख आँखाका लेन्स उत्पादन गर्दै आइरहेको छ । यसमध्ये नेपालमा बार्षिक ३ लाख लेन्स खपत हुने गरेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप