मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आजदेखि १४ औं गोदावरी पुष्प प्रदर्शनी सुरु (फोटो फिचर)

शुक्रबार, १२ कात्तिक २०७८, १२ : २१
शुक्रबार, १२ कात्तिक २०७८

ललितपुरको जावलाखेल खेल मैदानमा आजदेखि १४ औं ‘गोदावरी पुष्प प्रदर्शनी २०७८’ सुरु भएको छ । यो प्रदर्शनी कात्तिक १५ गतेसम्म सञ्चालन हुने आयोजक संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । मेलाको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् । मेलाको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले पुष्प सबैका लागि महत्वपूर्ण भएको र त्यसको खेती गर्ने सौभाग्यशाली हुने बताए । उनले नेपालमा पुष्प खेती विस्तार भइरहेको समयमा कोरोनाले असर पारे पनि पुनः अब यो व्यवसायलाई पुरानै अवस्थामा फर्काउनुपर्नेमा जोड दिए । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय (पशुपन्छी तर्फ) का सचिव डा. गोविन्द शर्माले निजी क्षेत्रको प्रयासबाट पुष्पमा राम्रो लगानी भएको र यो व्यवसाय राम्रो फस्टाएको बताए । ललितपुर महानगरपालिका चिरिबाबु महर्जनले यो महानगरलाई हरियाली बनाउन विभिन्न प्रयासहरु भइरहेको बताए । महानगरभित्र रहेको पुराना पोखरीलाई पुनर्निर्माण गरी पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि प्रयास गरिरहेको उनले बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप