सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशन सम्पन्न गर्न १२ समिति गठन

शुक्रबार, १२ कात्तिक २०७८, २२ : ०३
शुक्रबार, १२ कात्तिक २०७८

एमालेको १० औ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न १२ वटा समिति गठन गरेको छ ।  रामबहादुर थापा नेतृत्वको मूल व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले खाद्य, आवास, स्वयम् सेवक, प्रचार लगायत १२ वटा समिति गठन गरेको मुल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले जानकारी दिए । 

कसको नेतृत्वमा कुन समिति ? 

प्रतिनिधि व्यवस्थापन- संगठन विभाग
जनपरिचालन- सुरेन्द्र पाण्डे
प्रचारप्रसार- योगेश भट्टराई
सांस्कृतीक– रघुजी पन्त/देवी ज्ञवाली
आर्थिक- विष्णु रिमाल
स्वास्थ्य- भानुभक्त ढकाल
मञ्च व्यवस्थापन- शेरबहादुर तामाङ
अतिथि सत्कार- राजन भट्टराई
आवास व्यवस्थापन- कृष्णभक्त पोखरेल
स्वयमसेवक परिचालन- विनोद श्रेष्ठ
यातायात व्यवस्थापन- काशीनाथ अधिकारी
खाद्य व्यवस्थापन- कपिल पोखरेल/पार्वती रावल

बैठकमा मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले महाधिवेशनस्थल र तयारीबारे जानकारी गराएका थिए । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । उक्त महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप