आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दाङमा आठ जुवाडे पक्राउ

शनिबार, १३ कात्तिक २०७८, १३ : ३१
शनिबार, १३ कात्तिक २०७८

दाङमा आठ जुवाडे पक्राउ परेका छन् । शुक्रबार पक्राउ गरिएका उनीहरुलाई शनिवार प्रहरीले सार्वजनिक गरेको हो । शुक्रवार दिउँसो प्रहरी निरीक्षक रञ्जनबहादुर स्वाँरको नेतृत्वमा खटिएको प्रहरी टोलीले तुल्सीपुर–६ रजौरा टोलको एक खाली घरमा जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट झण्डै दुई लाख नगद समेत बरामद गरिएको जनाएको छ ।

पक्राउ पर्नेहरुमा तुल्सीपुर–११ का रोहित न्यौपाने, सोही स्थानका चित्रबहादुर बस्नेत, मिनकेतन गिरी, सुरेन्द्र लामा, वडा नम्वर १२ का मानबहादुर रावत, दिपेन्द्र गिरी, विवेक मल्ल र दिगाम्बर गिरी रहेका छन् । उनीहरुसहित जुवाखालबाट १ लाख ९८ हजार दुई सय रुपैयाँ नगद, १६ थान कौडा , भुईँमा बिछाइएको म्याट्रेक्स र दरी समेत बरामद गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप