मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशविरुद्ध कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिए कानुन व्यवसायी (फोटोफिचर)

आइतबार, १४ कात्तिक २०७८, १० : ३७
आइतबार, १४ कात्तिक २०७८

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् । नेपाल बार एशोसिएसनको नेतृत्वमा आइतबार विहान १० बजेबाट कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध प्रदर्शन सुरु भएको छ । उक्त कार्यक्रम ११ बजेसम्म जारी रहने छ । 

प्रधानन्यायाधीश जबराले न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको आरोपमा बारले विरोधका कार्यक्रम घोषणा गरेको छ । प्रधानन्यायाधीश जबराले राजीनामा दिएर न्यायपालिका सुधारका लागि मार्गप्रशस्त गर्नुपर्ने अडान राखेको छ । तर प्रधानन्यायाधीश जबराले भने राजीनामा नदिने अडानमा छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप