आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘जिस्म टु’ को सुटिङ अघि सनी लियोनले गरेकी थिइन् रणदीप हुड्डाको एचआइभी परीक्षणको माग

आइतबार, १४ कात्तिक २०७८, १२ : २९
आइतबार, १४ कात्तिक २०७८

सनीले सन् २०१२ मा पूजा भट्टको ‘जिस्म टु’ मा रणदीप हुड्डा र अरुणोदय सिंहसँग बलिउडमा इन्ट्रि गरेकी थिइन् । आफ्नो पहिलो फिल्म साइन गर्नेबेला सनीले केही माग गरेकी थिइन् जो एक अभिनेताका लागि निकै असामान्य थियो । रिपोर्टका अनुसार सनी लियोनले फिल्मको सुटिङअघि रणदीप हुड्ठा र अरुणोदय सिंहको मेडिकल सर्टिफिकेट मागेकी थिइन् । जिस्म टुमा उनका ती दुई अभिनेताबीच निकै हट सीन थिए ।

भारतीय समाचार माध्यमलाई विश्वा गर्ने हो भने सनीले पूजा भट्टलाई उक्त माग गर्दै एक इमेल लेखेकी थिइन् । यहाँसम्म कि पारदर्सिता सुनिश्चित गर्नका लागि उनले आफ्नो मेडिकल सर्टिफिकेट पनि पठाइन् । उनले आफू खतरनाक रोगद्वारा पीडित कुनै पनि व्यक्तिसँग सुटिङ नगर्ने पनि बताइन् । यद्यपि, पूजा भट्टले फिल्ममा गहन र अंतरंग दृश्य हुनसक्ने तर त्यसलाई निकै सुन्दर तरिकाले सुट गरिने बताउँदै कसैको पनि एचआइभी वा अन्य मेडिकल सर्टिफिकेट आवश्यक नपर्ने प्रस्ट पारिन् ।

सनी लियोन र अभिनेता रणदीप हुड्डाको फिल्म जिस्म टुले बक्स अफिसमा निकै राम्रो काम गरेको थियो र सनी लियोनको कामका लागि अत्यधिक तारिफ पनि गरिएको थियो ।

स्मरण रहोस्, बलिउडकी बेबी डल भनिने सनी लियोनी तेलुगु फिल्म करेन्ट थीगामा पनि काम गरिसकेकी छिन् । यद्यपि, बलिउडमा एक अभिनेत्रीको रुपमा चर्चित हुनुअघि उनी एक अमेरिकी पोर्न स्टारको रुपमा परिचित थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप