आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पुरुष पक्राउ

आइतबार, १४ कात्तिक २०७८, १३ : २८
आइतबार, १४ कात्तिक २०७८

बालिका बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनपुरबाट ५० वर्षीय पुरुषलाई पक्राउ गरेको छ । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भीमदत्त नगरपालिका–१६ परखेडी घर भएका करन सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

करनले मादक पदार्थ खाएर ती बालिकालाई उनकै घरमा बलात्कार गरेको आरोप लागेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप