बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य शिविरबाट ललितपुरका ११ सय बिरामी लाभान्वित

सोमबार, १५ कात्तिक २०७८, ०७ : १८
सोमबार, १५ कात्तिक २०७८

काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ललितपुरको गोदावरी नगरपालिका–१३ मरुवारासीका १ हजार १ सय ६३ बिरामी लाभान्वित भएका छन् । गोदावरी नरपालिका १३ नं. वडा कार्यालयसँग सहकार्य गरेर केएमसीले आइतबार मरुवारासीस्थित नवज्योति माध्यमिक विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो ।

शिविरमा २०२ जनाको भिडियो एक्सरे, १९८ जनाको रक्त परीक्षण र १५३ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा ५५ जनाको दाँत खोलिएको छ । त्यस्तै, शिविरमा उपचार सम्भव नभएका ६६ बिरामीलाई अस्पताल रेफर गरिएको छ ।

 यसअघि केएमसीले ललितपुरको गोदावरीमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा १ हजार ५ सय ८७ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । विपन्न बिरामीलाई लक्षित गरी केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप