आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुशान्तकी पूर्व प्रेमिकाले विक्कीसँग अर्को महिना विवाह गर्दै

सोमबार, १५ कात्तिक २०७८, ११ : ३६
सोमबार, १५ कात्तिक २०७८

टिभी सिरियल ‘पवित्र रिश्ता’ मा अर्चनाको भूमिकामार्फत् घर–घरमा आफ्नो पहिचान बनाएकी अंकिता लोखंडे लामो समयदेखि व्यापारी विक्की जैनसँग सम्बन्धमा छिन् । भारतीय सञ्चार माध्यमका अनुसार यी दुईले अर्को महिना विवाह गर्न लागेका छन् ।

अंकिता आफ्ना सहमर्मी तथा दिवंगत अभिनेता सुशान्त सिंह राजपूतसँग करिब ६ वर्षसम्म सम्बन्धमा थिइन् । सन् २०१८ को अन्त्यमा यी दुईबीच ब्रेकअप भएको थियो । त्यसपछि अंकिताको जीवनमा विक्कीको प्रवेश भयो । यी  दुईबीच प्रेम सामाजिक सञ्जालमा निकै स्पष्टसँग देख्न सकिन्छ ।

 इटाइम्सको रिपोर्ट अनुसार अंकिता वा विक्की १२, १३ वा १४ डिसेम्बर २०२१ मा विवाह गर्ने सम्भावना छ । यतिमात्रै होइन, रिपोर्टलाई विश्वास गर्ने हो भने उनीहरुले आफ्ना साथीहरुलाई विवाहको निम्तोसमेत बाँड्न सुरु गरिसकेका छन् । यसबारे यी दुईले आधिकारिक जानकारी दिने पनि बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप