आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काउन्सिलिङदेखि मेडिकल चेकअपसम्मः जेलबाट रिहा भएपछि आर्यनको हेरविचार यसरी गरिँदैछ

सोमबार, १५ कात्तिक २०७८, १२ : १५
सोमबार, १५ कात्तिक २०७८

क्रुज ड्रग्स मामिलामा करिब एक महिना जेलमा बिताएपछि आर्यन खान घर फिर्ता भइसकेका छन् । आर्यनलाई क्रुज ड्रग्स​ छापामारीका बेला एनसीबीद्वारा हिरासतमा लिइएको थियो र आठ अक्टोबरदेखि उनलाई आर्थर रोड जेलमा पठाइएको थियो । यतिबेला आर्यनसँग जोडिएका हरेक साना खबर सार्वजनिक भइरहेका थिए । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने शाहरुख र गौरी आर्यन घर फर्किएपछि निकै खुसी छन् तर उनीहरुलाई छोराको स्वास्थ्यबारे चिन्ता भइरहेको छ । यस्तोमा आर्यनको थुप्रै पटक स्वास्थ्य परीक्षण गरिनेछ ।

आर्यनको यसरी हेरविचार गरिरहेका छन् शाहरुख–गौरी

जेलमा हुँदा आर्यनले राम्रोसँग खाना नखाएको खबर आइरहेका थिए यस्तोमा आर्यनको रगत परीक्षण गरेपछि उनलाई सही खाना प्रदान गरिनेछ ताकि उनको शरीरको कमी पूरा हुन सकोस् । आर्यनको शारीरिक स्वास्थ्य मात्रै होइन मानसिक स्वास्थ्यबारे पनि ख्याल राखिँदैछ । शाहरुख र गौरी आर्यनको छिटोभन्दा छिटो थेरेपी सुरु होस् भन्ने चाहन्छन् । आर्यनले जेलभित्र जे जति सहेका र भोगेका छन्, त्यसबाट उनी छिट्टै मुक्त हुन् भन्ने शाहरुख–गौरी चाहन्छन् ।

 


आर्यन खानलाई जेलमा भिन्नै कुनै सुविधा दिइएको थिएन । उनलाई मेसकै खाना उपलब्ध गराइएको थियो । यो कुराले शाहरुख र गौरीलाई नराम्रोसँग बिझेको थियो । उनीहरुले पनि घरमा केही खाइरहेका थिएनन् । आर्यनका वकिलले दिएको जानकारी अनुसार शाहरुख खान दिनभरी कफी मात्रै पिउँथे र आफ्नो लिगल टिमसँग बसेर आफ्नो विचार साझा गर्ने गर्दथे ।

यस्तै, गौरीले पनि जबसम्म उनको छोरा जेलबाट नफर्किएसम्म उनको घरमा कुनै मिठाइ नल्याइने निश्चित गरेकी थिइन् ।

अब आर्यन घर फर्किएपछि मन्नतको माहौलमा पुनः खुसीयाली छाएको छ । यद्यपि, शाहरुख अहिले पनि खुल्ला रुपमा सार्वजनिक भएका छैनन् । हाल, आर्यन घरमा नै छन् र उनलाई कुनै पार्टी वा सोसल मिडियाबाट टाढा नै राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप