बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

छैटौँ आयुर्वेद दिवस मनाइयो

सोमबार, १५ कात्तिक २०७८, १८ : २५
सोमबार, १५ कात्तिक २०७८

आयुर्वेद दिवसको उपलक्ष्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौँ र आयुर्वेद क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले संयुक्त रुपमा “आरोग्य सप्ताह” को आयोजना गरेको छ । उक्त सप्ताहव्यापी उत्सवको अवसरमा “आरोग्यको लागि आयुर्वेद–सम्भावना र चुनौती” शीर्षकमा एक अन्तर्राष्ट्रिय वेबिनारको आयोजना गरियो । आयुर्वेद दिवस (धन्वंतरी जयन्ती) नेपालमा राष्ट्रिय आरोग्य दिवसको रूपमा पनि मनाइन्छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा डा शिवलाल भुसाल,  चिकित्साशास्त्र अध्ययन संस्थानका सहायक डिन प्रा डा प्रदीप वैद्य, आयुर्वेद क्याम्पसका क्याम्पस प्रमुख डा शिव मंगल प्रसाद लगायत अन्य शिक्षाविद्हरूको उपस्थिति रहेको थियो । कार्यक्रममा भारतीय दूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमारको पनि उपस्थिति रहेको थियो । उनले विशेष गरी कोभिड–१९ महामारीको समयमा आयुर्वेदको उपयोगिताबारे प्रकाश पारेका थिए । वेबिनारमा भारत, नेपाल र अन्य देशका करिब २०० जना विज्ञ र विद्यार्थीको सहभागिता थियो । 

अष्टांगम आयुर्वेद चिकित्सालयम र विद्यापीठम, केरला, भारतका प्रधानाध्यापक र प्रमुख चिकित्सक प्रा डा अलाथियुर नारायणन नाम्बी, र इन्स्टिच्युट अफ इन्डिजिनस मेडिसिन, कोलम्बो विश्वविद्यालय, श्रीलंकाका डा एस.एम.एस समाराकुनले मुख्य वक्ताको रूपमा आफ्ना विचार प्रस्तुत गरेका थिए । 

यो कार्यक्रम भारतको स्वतन्त्रताको ७५ वर्षको उपलक्ष्यमा वर्ष भरी मनाउन गइरहेको आजादीको अमृत महोत्सवको एक हिस्साको रूपमा आयोजना गरिएको भारतीय दूतावासले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप