सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : एकैदिन दुई मुख्यमन्त्रीले दिए राजीनामा, प्रधानन्यायाधीशको प्रस्तावमा न्यायाधीशहरु असहमत

सोमबार, १५ कात्तिक २०७८, २० : ३१
सोमबार, १५ कात्तिक २०७८

आज २०७८ कार्तिक १५ गते सोमबार । आज दिन भरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारहरुमा प्रदेश १ सरकार पनि गुमायो एमालेले, कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा, प्रधानन्यायाधीशको प्रस्तावमा सर्वोच्च अदालतका न्यायाधीशहरु असहमत, सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको प्रचण्डको दाबी, सुदूरपश्चिम सरकारको नेतृत्व माग्यो नेकपा एकीकृत समाजवादीले, बागमतीका मुख्यमन्त्रीले २२ गते विश्वासको मत लिने लगायत छन् ।

१. प्रदेश १ सरकार पनि गुमायो एमालेले
कुनै बेला संघीय सरकारका अतिरिक्त चारवटा प्रदेशमा सरकारको नेतृत्व गरेको एमालेले प्रदेश १ सरकार पनि सोमबार गुमाएको छ । यसअघि नै संघीय सरकार र अन्य तीन प्रदेशको सत्ताबाट एमाले बाहिरिएको थियो । सोमबार प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै एमाले अब सबै प्रदेशमा प्रतिपक्ष बनेको छ । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले ५० सांसदको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन् ।

​२. कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । प्रदेश सरकारको नेतृत्व गरेको ३ वर्ष ८ महिनामा मुख्यमन्त्री शाहीले राजीनामा दिएका हुन् । सत्ता साझेदार दल नेपाली काँग्रेससँग भएको सहमतिअनुसार उनले सोमबार साँझ राजीनामा दिएका हुन् । गत वैशाखमा विश्वासको मत लिने क्रममा मुख्यमन्त्री शाहीले काँग्रेसका प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीसँग प्रदेश सरकारको नेतृत्व ‘आलोपालो’ गर्ने गरी सहमति गरेका थिए । 

​३. प्रधानन्यायाधीशको प्रस्तावमा सर्वोच्च अदालतका न्यायाधीशहरु असहमतप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राखेको प्रस्ताव सर्वोच्च अदालतका अन्य न्यायाधीशले अस्वीकार गरेका छन् । ‘ग्रेसफुल एक्जिट’का लागि भन्दै प्रधानन्यायाधीश जबराले तीनवटा प्रस्ताव राखेका थिए । तर, ती प्रस्ताव ‘कपटपूर्ण’ रहेको भन्दै न्यायाधीशहरूले अस्वीकार गरेका हुन् । इजलास बहिष्कारमा उत्रिएका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र हेर्ने निर्णय गरेका छन् ।

४. सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको प्रचण्डको दाबी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले उक्त षड्यन्त्रका विरुद्ध आँखा र कान खुला राख्नुपर्नेमा जोड दिए । 

नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ । प्रदेशमा नेकपा एकीकृत समाजवादी नै सबैभन्दा ठुलो दल रहेको भन्दै प्रदेश सरकारको नेतृत्वमा दाबी गरिएको हो ।

नेकपा एमालेले बाँकी रहेका वडा र पालिका अधिवेशन कात्तिक २५ गतेभित्र सम्पन्न गरिसक्न निर्देशन दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले ओलीले आइतबार अन्तर पार्टी निर्देशन जारी गर्दै बाँकी रहेका वडा र पालिका अधिवेशन कार्तिक २५ भित्रै सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

८. पार्टी कमिटीको नेतृत्व र मन्त्री हेरफेरका लागि जसपाका शीर्ष नेताहरु जनकपुरमा
जनता समाजवादी पार्टीका शीर्ष नेताहरु जनकपुर पुगेका छन् । पार्टीको प्रदेश कमिटीको नेतृत्व र प्रदेश सरकारका मन्त्री हेरफेरका लागि अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरु जनकपुरमा पुगेका हुन् ।

९. प्रहरी महानिरीक्षक क्षेत्री दोहोरो मारमा
गृहमन्त्री र गृहमन्त्रालयको आदेशमा चल्नुपर्ने प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री अहिले दोहोरो निर्देशनको कोपभाजनमा परेका छन् । एकातर्फ बालुवाटारबाट प्रधानमन्त्रीकै निकटस्थहरुबाट विभिन्न प्रहरी अधिकृतहरुको सरुवा गरिदिनुपर्ने दबाव आउने, अर्कोतर्फ गृहमन्त्रालयबाट बेग्लै निर्देशन आउने गरेका कारण उनी तनावमा परेका छन् ।

१०. पछिल्लो २४ घण्टामा ५३३ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ५३३ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर ४९० जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको व्याख्या अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री भएको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा सोमबार बिहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले देउवा सेटिङमा प्रधानमन्त्री भएको कुुरा आफूले मान्न नसक्ने बताए ।

भक्तपुर जिल्लाको कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मको सडक विस्तारमा चरम ढिलासुस्ती भएको भन्दै स्थानीय जनप्रतिनिधिले आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाल कायम तरलता अभाव बैंकहरूले नै निम्त्याएको बताएका छन् । बैंकहरूले दीर्घकालका लागि नसोच्दा अहिले तरलता अभाव भएको गभर्नर अधिकारीले दाबी गरेका हुन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप