बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मधुमेह दिवसमा नर्भिकद्वारा विशेष हेल्थ प्याकेजको घोषणा

मङ्गलबार, १६ कात्तिक २०७८, १४ : २८
मङ्गलबार, १६ कात्तिक २०७८

विश्व मधुमेह दिवसको अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले एक्सक्लूसिभ हेल्थ प्याकेजको घोषणा गरेको छ । विश्वव्यापी रुपमा बढ्दो मधुमेहको समस्याको न्यूनिकरणका लागि आफ्नो तर्फबाट पनि योगदान गर्न सकियोस् र मधुमेहका संभावित बिरामीहरुलाई स्वास्थ्य जाँचका लागि प्रोत्साहित गर्न सकियोस् भन्ने उद्देश्यले नर्भिकले विशेष प्याकेज घोषणा गरेको हो ।

मधुमेह जाँचको विशेष प्याकेजमा हस्पिटलले विश्व मधुमेह दिवसको दिन सहुलियत दरमा खरीद गर्न सकिने जनाएको छ । विश्व मधुमेह दिवस नोभेम्बर १४ को दिन पर्छ । सो दिन नर्भिकमा आएर वल्र्ड डायबिटिज डे प्याकेज लिन चाहनेले रु. ६००० तिरे पुग्ने हस्पिटलले बताएको छ ।

साथै, सोही शुल्कमा रेन्डम ब्लड सुगर, एचबीए वानसी, एसजीओटी, एसएसजीपीटीजी जीटी, यूरिया, क्रेटिनाइन, लिपिड प्रोफाइल, यूरिक एसीड, सीआरपी, इएसआर, र सीबीसी जस्ता परीक्षणहरु समेत गर्न सकिने हस्पिटलले जनाएको छ ।

सामान्य अवस्थामा यी सबै परीक्षण गर्दा १० हजार हाराहारी तिर्नुपर्ने हुन्छ । मधुमेह दिवसको दिन १० हजार हाराहारी पर्ने परीक्षणलाई ६ हजारमा नै उपलब्ध गराइएको हस्पिटलले बताएको छ ।

यसै अबसरमा नर्भिक हस्पिटलले विश्व मधुमेह दिवसको अवसर पारेर हाईब्लड सुगरको संभावित समस्या पत्ता लगाउने उद्देश्यले एचबीए वान सी परीक्षणमा समेत छुटको अफर सार्वजनिक गरेको छ । एचबीए वानसी तीन महिनाको सुगर लेभल जाँच गर्ने परीक्षण विधि हो । यो परीक्षण गर्दा लाग्ने शुल्कमा पनि नर्भिकले २५ प्रतिशत छुटको घोषणा समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप